कैलाली विद्या निकेतन धनगढीले आफ्नो २३ औं वार्षिकोत्सवमा विज्ञान प्रदर्शनी र खाना महोत्सवको आयोजना गरी सम्पन्न गरेको छ ।
धनगढी उप महानगर पालिकाका उप प्रमुख सुशीला मिश्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त वार्षिकोत्सव कार्यक्रमा विद्यार्थीले निर्माण गरेका विज्ञान सम्बन्धी मोडेलको विज्ञान प्रदर्शनी गरिएको थियो । डा्रेन, इलेक्टीे्क कार, पंखा जे.सी.वि.आदि लगायत करिव २४वटा विज्ञान सामगी्रको प्रदर्शनी गरिएको थियो ।
सोही कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले पाठ्क्रममा आधारित रहेर विभिन्न खानाका मौलिक परिकारहरु बनाई विक्री वितरण समेत गरेका थिए । उक्त खाना महोत्सवमा ढिक्री, शेल रोटी, बटुक,अचार,खीर लगायत १३ वटा परिकारहरु बनाएका थिए ।
पढाईलाई कितावी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिका, जीवन सुहाउदो र अध्ययन गरेका कुरालाई अभ्यासबाट निखार्ने काम गर्नु जरुरी हुन्छ जसमा विद्यालयको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ । जुन कार्य कैलाली विद्या निकेतनले अवलम्बन गरेको देख्दा खुशी लागेको छ भन्दै प्रमुख अतिथि उप प्रमुख भट्टले आजको युग प्रविधिको युग हो, समय सुहाउदो शिक्षाको खाँचो छ । आजको यस वार्षिकोत्सवको अवसरमा विज्ञान प्रदर्शनी, खाना महोत्सव , साँस्कृतिक कार्यक्रमको आयोजना गरेर विद्यालयले बालबालिका लाई उचित संस्कारयुक्त शिक्षा प्रदान गर्नमा अग्रसर रहेकोमा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे।
विद्यार्थीलाई कक्षा कोठामा पढाइएका शैक्षिक सामगी्रलाई नै उपयोग गरी विद्यार्थीद्धारा निर्माण गरिएका विज्ञानका मोडेल र खानाका परिकारलाई विद्यार्थीकै नेतृत्वमा हामीले प्रदर्शनीमा राखेका छौ विद्यालयका प्रिन्सिपल टोपेन्द्र शाहले भने , उनले विद्यार्थीलाई विद्यालय करिएर निर्माण गर्ने प्लेटफर्म भएकोले पनि विद्यार्थीलाई विद्यालयको शैक्षिक क्यालेण्डर बमोजिम विभिन्न क्रियाकलाप गर्दै आइरहेको र यस्ता क्रियाकलापले विद्यार्थीलाई म पनि गर्न सक्छु भन्ने मनोभाव जगाउन सके मात्र पनि भोलिका दिनमा विद्यार्थीको जीवनमा उल्लेखनीय भूमिका रहने कुरामा दुई मत नरहेको बताए।
वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको कार्यक्रममा विद्यालयको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने अभिभावक राधा जोशी, रुपा रोकाया, लक्ष्मी शाह, मेिघराज जोशी, रमेश चौधरी, जुना गिरी, टिकेश्वरी देउवा सहित एस.ई.ई. परीक्षा २०७५ मा विद्यालयका बाट उत्कृष्ट नम्बर ब्ं ल्याउने छात्रद्धय शीर्षक मल्ल र भूवन प्रसाद जोशीलाई सम्मान गरिएको थियो ।
पूर्व विद्यार्थी हाल नेपाल वेष्टर्न एकेडेमीमा अध्यापनरत उप प्राध्यापक अमित भट्टसँगै लगनशील , मेहनती, तथा विगत लामो समय देखि कार्यरत शिक्षक । शिक्षिकाहरुलाई समेत सम्मान गरिएको उक्त कार्यक्रममा नाष्ट क्याम्पसका क्याम्पस प्रमुख शिवहरि मुडभरी, प्याव्सन केन्द्रीय उपाध्यक्ष जगवीर थापा, संस्कृतिविद् डा. टी.एन्. जोशी, अभिभावक ह्रदय पुजारा , नागरिक अगुवा डिल्लीराज जोशी लगायत वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साहित्यकार यज्ञराज यात्री,हर्षबहादुर शाही, गायक डोटेली कान्छा, माया पाण्डे, दीपा शाही, कैलारी गाँउ पालिकाका प्रवक्ता कमल चौधरी ,प्याव्सन केन्द्रीय सल्लाहकार आर.सी.यादव, प्याव्सन केन्द्रीय सदस्यहरु हरि रेग्मी, उर्मिला कुँवर, ललितराज पन्त, डि. आर. शर्मा , समाजसेवी भोजबहादुर शाह, डिल्ली जोशी , दीर्घबहादुर शाह, दीलबहादुर खाती, पुष्पराज रेग्मी एस.टि.एस टेलिभिजनका सम्पादक लोकेन्द्र विष्ट , प्याव्सनका सचिव गोपाल शर्मा , संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाही, डिलाइटका प्रिन्सिपल धु्रव सिंह , एप्पल सिडका प्रिन्सिपल ज्ञानु शाह सिंह, शिक्षाप्रेमी धनबहादुर विष्ट, कटक सिंह लगायत कविभिन्न संघ संस्थाका प्रतिनिधि सहित अभिभावकको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम विद्यालयका संस्थापक । प्रिन्सिपल टोपेन्द्र शाहको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य शिक्षिका नारायणी भट्ट र संचालन प्रेम चन्दले गरेका थिए।