मंगलबार पहाडी भेगका केही ठाउँमा दिउँसोपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
स्थानीय वायुको प्रभावले मध्य तथा पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिइन्। अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ।
यस्तै काठमाडौं उपत्यकामा दिउँसोपछि बादल लाग्ने उनले बताइन्। उनका अनुसार काठमाडौंमा मंगलबार पानी पर्ने सम्भावना भने कम छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन २० गते (मंगलबार)
दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ। तराई भू-भाग सामान्यतय सफा रहने छ। मध्य तथा पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ। तराई भू-भाग सामान्यतय सफा रहने छ। मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
फागुन २१ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
फागुन २२ गते (बिहिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एक/ दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।