श्रीलङ्काली राष्ट्रपतिद्वारा संसद भङ्ग, वैशाख १३ मा मध्यावधि चुनाव

एजेन्सी

काठमाडाैं

श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले संसद् भङ्ग गरेका छन्।

संसदको कार्यकाल पूरा हुनु ६ महिनाअघि नै सोमबार संसद भङ्ग गरेका हुन्।

सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका हुन्।

उनले २५ अप्रिल (वैशाख १३) मा मध्यावधि चुनाव गराउने घोषणा गरेका छन्।

वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो।

श्रीलङ्काको संसद् भङ्ग गर्नका लागि कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ र यो अवधि आइतबार राति पूरा भएको हो। 

सरकारी सूचनाका अनुसार आउँदो वैशाख १३ मा हुनेछ र जेठ १ गते संसदको पहिलो सत्र सुरु हुनेछ। 
 

प्रकाशित मिति: : 2020-03-03 20:40:11

प्रतिकृया दिनुहोस्