उपराष्ट्रपतिले भने– सार्वजनिक कार्यक्रमहरुमा निमन्त्रण नगर्नू

उपराष्ट्रपति नन्दबहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रमहरु स्थगित गरेका छन्।

कोरोना भाइरस अर्थात कोभिड–१९ को सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै उनले सार्वजनिक कार्यक्रम स्थगित गरेका हुन्। 

प्रेस संयोजक मनोज घर्ती मगरका अनुसार उपराष्ट्रपति पुनले आगामी कार्यक्रमका लागि निमन्त्रणा समेत नगर्न आग्रह गरेका छन्।

अब अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने प्रेस संयोजक घर्ती मगरले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

उपराष्ट्रपति पुनले कोरोनाबारे नआत्तिई सतर्कता अपनाउन समेत अपिल गरेका छन्।

प्रकाशित मिति: : 2020-03-03 09:19:21

प्रतिकृया दिनुहोस्