सभामुख सापकोटा र साउदी अरेवियाका राजदूतबीच भेटवार्ता

सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि साउदी अरेवियाका राजदूत मुसिद सुलेमान एम अलमारवानीले सोमबार शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मुुसेइडले सापकोटालाई सभामुखमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सभामुख सापकोटाले साउदी अरेवियासंग नेपालको ४३ बर्षदेखि सुमधुर सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको बताए ।

उनले सच्चा मित्रको चिनारी दुःखका बेलामा हुने बताउँदै २०७२ सालको बिनासकारी भूकम्पपछि साउदी सरकारले गरेको सहयोग सधैं स्मरणीय रहने चर्चा गरे ।

सभामुुख सापकोटाले साउदी अरब विकास कोषबाट नेपालका विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

उनले तीन लाख हाराहारी नेपाली श्रमिकलाई रोजगारी र नेपाली हजयात्रीका लागि साउदीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति: : 2020-03-03 09:13:27

प्रतिकृया दिनुहोस्