भारतीय प्रधानमन्त्री मोदीले भने– पशुपतिनाथले ओलीकाे कल्याण गरुन्

बिएल संवाददाता

काठमाडाै‌ं

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफल होस् भनी शुभकामना दिएका छन्।

सोमबार बिहान ट्विट गर्दै मोदीले शल्यक्रिया र छिटै तन्दुरूस्तीको कामना गरेका हुन्।

उनले भनेका छन्– मेरा प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईको सफल शल्यक्रिया र छिटै तन्दुरूस्तीको कामना गर्दछु। भगवान् पशुपतिनाथले सधैँ तपाईको सुस्वास्थ्य, खुसी र दीर्घायूको आशिर्वाद दिऊन्। नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान तपाईंको निरन्तर योगदान भइरहेको हेर्न चाहन्छु।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुँदैछन्। उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ।

 

My dear friend @kpsharmaoli ji, wishing you a successful surgery and a speedy recovery. May Lord Pashupatinath bless you always with good health, happiness and a very long life. Look forward to your continued contribution to taking India-Nepal relations to new heights.

— Narendra Modi (@narendramodi) March 2, 2020
प्रकाशित मिति: : 2020-03-03 01:10:41

प्रतिकृया दिनुहोस्