अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक आकांक्षी मेयर पिट बटिजजले उम्मेद्वारीको मैदान खालि गरिदिने भएका छन्। शनिबार सम्पन्न साउथ क्यारोलाइना प्राइमरीपछि डेमोक्रेटिक उम्मेद्वारी त्याग्ने उनी दोस्रो उम्मेद्वार हुन्। यसअघि अर्बपति टम स्येयरले पनि उम्मेद्वारी स्थगित गरेको घोषणा गरेका थिए ।
बटिजजले मार्च ३ मा हुने सुपर टुज्डेको ठीक अगाडि आफ्नो उम्मेद्वारी स्थगित गर्ने निर्णय गरेका हुन् । आयोवामा शीर्षस्थानमा रहेका बटिजज न्यू ह्याम्पसायरमा दोस्रो स्थानमा रहेका थिए। नेभदामा तेस्रो स्थानमा रहेका उनी साउथ कारोलाइनामा चौथों स्थानमा झरे। यसरी एकपछि अर्को प्राइमरीमा खस्कदै गएका उनी अन्तत: सुपर टुज्डे नपर्खी उम्मेद्वारी त्याग्ने निर्णयमा पुगेका हुन्।
अब डेमोक्रेटिक पार्टीमा राष्ट्रपति उम्मेद्वारीका ६ जना आकांक्षी मात्र बाँकि रहेका छन्। बाँकि रहेका उम्मेद्वार बर्नी स्याण्डर्स, जो बाइडन, एलिजावेथ वारेन, एमी क्लोबचर, माइकल ब्लुमबर्ड र तुलसी गबार्ड हुन्। मार्च ३ को सुपर टुज्डेपछि थप केही आकांक्षीले मैदान खालि गर्ने देखिन्छ।
रेड स्टेट इण्डियानाको एक सानो सहर साउथ बेन्डका पूर्वमेयर पिट अप्रत्यासित रूपमा अमेरिकी राजनीतिमा एक सम्भावित युवा राजनीतिज्ञका रूपमा उदाएका थिए। उनले अमेरिकाका दुई ठूला राजनीतिक पार्टीमध्ये एक डेमोक्रेटिक पार्टीबाट उम्मेद्वारी दिने पहिलो गे उम्मेद्वारको इतिहास मात्र बनाएनन्, सबैभन्दा कान्छो उम्मेद्वारको कीर्तिमान पनि बनाए।अझ त्योभन्दा पनि महत्वपूर्ण कुरा त उनी आयोवा प्राइमरीमा विजयी नै भए।
अमेरिकाले महिला राष्ट्रपति त बनाउने हिम्मत त गरिनसकेको अवस्था एक समलिङ्गी गे राष्ट्रपति हुने भन्ने कुरा लगभग असम्भव नै थियो । सबै चिज भएर पनि गे हुनु नै उनका लागि कमजोर कडी थियो, त्यही कडीले उनलाई राष्ट्रपति उम्मेद्वारको दौडबाट बाहिर बनाइ दियो ।
उनले अमेरिकामा डोनल्ड ट्रम्पलाई पराजित गर्न आफ्नो उम्मेद्वारी कायमै राख्दा सहयोग नपुग्ने भन्दै उम्मेद्वारी त्याग्ने निर्णय गरेको बताइएको छ। उनी बर्नीले डेमोक्रेटिक उम्मेद्वारी जितेमा उनलाई ट्रम्पले सजिलै पराजित गर्ने विश्वास राख्छन्। बटिजजले नभने पनि जो बाइडेनले मात्र ट्रम्पलाई पराजित गर्ने उनको विश्वास रहेको जस्तो देखिएको छ।
उनले उम्मेद्वारी त्यागेपछि जो बाइडेनलाई समर्थन गर्दै उनी उनको चुनावी क्याम्पेनमा लाग्न सक्ने अनुमान गरिएको छ। तर, त्यसबारेमा उनले मुख खोलिसकेका छैनन्।
अमेरिकाले महिला राष्ट्रपति त बनाउने हिम्मत त गरिनसकेको अवस्था एक समलिङ्गी गे राष्ट्रपति हुने भन्ने कुरा लगभग असम्भव नै थियो । सबै चिज भएर पनि गे हुनु नै उनका लागि कमजोर कडी थियो, त्यही कडीले उनलाई राष्ट्रपति उम्मेद्वारको दौडबाट बाहिर बनाइ दियो ।