कोरोना भाइरस: चलचित्र ब्यापारमा दुई अर्ब डलर बढीको नोक्सान हुने

एजेन्सी

काठमाडाै‌ं

चलचित्रको सबैभन्दा ठूलो ब्यापार चीनलाई मानिन्छ। तर कोरोना भाइरसको कारण चीनका अधिकांश सिनेमा हल बन्द छन्।

हलिउडका लागि पनि ठूला बजार हो चीन। तर कोरोना भाइरसको डरले हलिउड चलचित्रहरु रिलिज गरिएपनि सीमित सिनेमा हलमा दर्शकको संख्या न्युन रहेको चाइना डेलीले जनाएको छ।

पछिल्लो समय हिन्दी चलचित्रहरु पनि चाइनिज भाषा डब भएर चीनमा प्रदर्शन हुने गरेका छन्। कोरोना भाइरसकै कारण हिन्दी चलचित्रहरुले चीनमा आफ्नो प्रदर्शन मिति स्थगित गरेका छन्।

यसकारण याे वर्ष चलचित्र ब्यापारमा कम्तीमा पनि दुई अर्ब अमेरिक डलर घाटा लाग्ने अनुमान गरिएको छ। 

हलिउड रिपोर्टरका अनुसार अघिल्लो वर्ष चिनियाँ नयाँ वर्षका दौरान १.५२ अर्ब डलर कलेक्सन भएको थियो। यसवर्ष जम्मा ३.९ करोड डलर कलेक्सन भएको छ। यो आँकडाले पनि चीनमा २ अर्बसम्मको नोक्सान चलचित्र क्षेत्रमा हुने अनुमान गरिएको छ।


 

प्रकाशित मिति: : 2020-03-01 12:04:18

प्रतिकृया दिनुहोस्