देशलाई समृद्धि बनाउने पक्षमा वर्तमान सरकार : महेश बस्नेत

बिएल संवाददाता

अर्घाखाँची

नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले एमसिसीका बारेमा नेकपाको धारणा प्रष्ट भएको बताएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘केही बुँदा परिमार्जन गरेर एमसिसी पारित हुन्छ’, उनले भने, ‘जनता र राज्यका पक्षमा भएकाले यसलाई पास गर्नुपर्छ।’ देशलाई समृद्धि बनाउने पक्षमा वर्तमान सरकार लागेको उनको भनाइ छ।

नयाँनयाँ योजनाका साथ सरकार अगाडि बढेको बताउँदै बस्नेतले भने, ‘सरकारको गतिविधि देखेर प्रतिपक्ष आत्तिएको छ।’

 गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे सोधिएको प्रश्नको जवाफ दिदैँ उनले भने, ‘ दोषी ठहरिएमा उम्किन पाउदँैन।’

अन्तर्राष्ट्रियस्तरमै चलेको कमिसनका बारेमा अहिलेसम्म कानून नबनेको बताउँदै उनले भने, ‘कानून बनाएर अघि बढ्नुपर्छ।’ 

प्रकाशित मिति: : 2020-03-01 06:39:58

प्रतिकृया दिनुहोस्