अभिनेता केसीविरुद्ध पाँच लाख ठगीको उजुरी

बिएल संवाददाता

काठमाडाै‌ं

अभिनेता अनमोल केसीविरुद्ध ठगीको उजुरी परेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार निर्माताद्वय रुपेश खड्की र जयन श्रेष्ठले अभिनेता केसीविरुद्ध जाहेरी दिएका हुन्।

निर्माताद्वय श्रेष्ठ र केसीले गत असोज तीन गते अभिनेता केसीसँग ‘धुपौरे’ चलचित्रका लागि रु ४० लाखमा सम्झौता गरेका थिए। 

सोही सम्झौता अनुसार अभिनेता केसीले एभान्स स्वरुप पाँच लाख रुपैयाँ लिएपनि चलचित्र नखेलेर ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ।

त्यस्तै अभिनेता केसीले तीन महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै आफूहरुको थप २ लाख ५० हजारसमेत सकाएको पनि उल्लेख गरिएको छ।

उजुरीमा क्षति बिगो तथा कानून बमोजिम क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ।
 

प्रकाशित मिति: : 2020-02-29 10:12:59

प्रतिकृया दिनुहोस्