दृष्टि क्षमता नभएकाले पनि हिजोआज राम्रैसँग स्मार्टफोन चलाइरहेका छन्। विभिन्न कारणले आँखाको दृष्टि क्षमता कमजोर भएका वा गुमेकाले पनि राम्ररी अरू जसरी नै स्मार्ट मोबाइल फोन चलाइरहेका छन्।
हालै काठमाडौंमा सामसुङ मोबाइल कम्पनीले दृष्टिविहिन र कान नसुन्ने (श्रवण दृष्टिविहिनता)का लागि भाइब्रेसनको माध्यमबाट मोबाइल चलाउने तालिम दिएको छ।
कान नसुन्ने. आँखा नदेख्ने, बोल्न नसक्नेहरू(श्रवण दृष्टिविहिनता) भएका व्यक्तिलाई फोनको भाइब्रेसनबाट कसरी कुराकानी गर्ने र आफूलाई चाहिएको कुरा कसरी व्यक्त गर्ने भनेर तालिममा भारत र बेलायतबाट आएका प्रशिक्षकले सिकाएका छन्।
कान नसुन्ने. आँखा नदेख्ने, बोल्न नसक्नेले पनि गुड भाइब्स एप्सबाट निस्कने भाइब्रेसनकै माध्यमबाट मोबाइल चलाउन, कुराकानी गर्न सिकिरहेका थिए।
प्रशीक्षकले यो एप्स कसरी चलाउने, यसको माध्यमबाट कसरी एक आपसमा कुराकानी गर्ने भन्ने फोनमा आउने भाइब्रेसनको संकेत बुझाइरहेका थिए।
तीन दिनसम्म चलेको तालिममा १४ जना सहभागी थिए।
तालिमप्राप्त उनीहरूले यो एप्सको माध्यमबाट दृष्टिविहिन र बहिराहरूले सजिलैसँग फोनमा कुराकानी र म्यासेजको आदानप्रादना गर्न सक्छन्।
द्रिश्टिविहिन र सुन्नमा समस्या भएकाले यो एप्सको सहयोगबाट सजिलैसँग भ्राइब्रेसनकै माध्यमबाट आफ्ना आवश्यकताहरू व्यक्त गर्न सक्छन्।
यो एप्समा लङ्ग् प्रेस र सट् प्रेसको अप्सन् राखिएको हुन्छ। जस्तै a लेख्नुपर्दा मोबाइल स्क्रिनमा एकपटक सट प्रेस गर्नुपर्छ। यसबाट थोरै भाइब्रेसन आउँछ यसलाई गुड भाइबको भाषामा डट भनिन्छ। लङ प्रेस गर्दा भाइब्रेसनको मात्रा बढी हुन्छ त्यसलाई a लेखेको मानिन्छ।
तालिममा सहभागी सबैलाई भारतको साङसुङ इन्डियाले ए ट्वान्टी सामसुङ फोनसमेत उपहार दिएको प्रशीक्षक दिपक कृष्ण शर्माले जानकारी गराए।
भारतमा तीन चार वर्ष अगाडि बनेको यो एप्स सन् २०१९ को मार्चमा श्रवण दृष्टिविहिन भएका व्यक्तिमा परीक्षण गरिएको शर्माले बताए।
सन् २०१९ को जसलाईमा केही प्रशिक्षकलाई तालिम दिएर यो एप्सको सुरूवात गरिएको उनले बताए। भारतका केही स्थानमा यसबारे तालिम दिइसकिएको भन्दै उनले अब गोवामा गर्न बाँकी रहेको जानकारी दिए।
श्रवण दृष्टिविहिन भएको व्यक्तिलाई कुराकानी गर्न सहज होस भनेरै यो एप्सको सुरूवात गरेको शर्माले स्पष्ट पारे। ‘श्रवण दृस्टिविहिनता भएका व्यक्तिलाई पनि एक आपसमा कुराकानी गर्नका लागि माध्यमको आवश्यकता पर्छ। माउस कोडको एक भाषा हुन्छ, डस डट टेक्स्टबाट गरिएका भाइब्रेसको म्यासेजमा आउने तरङ्गहरू फरक फरक हुन्छन्। यसैबाट श्रवण दृष्टिविहिन भएको व्यक्तिले कम्युनिकेशन गर्न सक्छन्’, उनले भने।
उनले आगामी दिनमा यो तालिमलाई देशका विभिन्न ग्रामिण भेगमासमेत पुर्याएर कम उमेरका बच्चालाई पनि उपलब्ध गराउने लक्ष्य रहेको बताए।
नेपालमा पहिलो पटक यो तालिमको आयोजना भए पनि आगामी दिनमा प्रमुख सहर र ग्रामिण भेगमा पनि पुर्याउने सामसुङ कम्पनीका नेपाल प्रतिनिधि आयुषा कार्कीले बताइन्।
तालिममा सहभागी रूपन्देही मणिग्रामस्थित शान्ति स्कुलमा अध्यापक टिकाराम भुसालले बच्चा जन्मिँदा पहिलो पटक धर्तिमा टेके जस्तै आफूहरूले नयाँ कुरा सिक्न पाउँदा खुसी लागेको बताए।
उनले तीन दिनको छोटो अवधिमा सबै कुरा सिक्न नसकिने भन्दै आउँदा दिनमा यस प्रकारका तालिमलाई निरन्तरता दिनुपर्ने भुसालले बताए।
‘यस्ता महत्वपूर्ण तालिमहरू काठमाडौंमा मात्र सिमित हुनु दुःखदायी हुन्छ। यस्ता तालिमहरू राजधानी बाहिर र ग्रामिण भेगमा पुर्याउने हो भने अधिकांश दृष्टिविहिन र सुस्तश्रवण भएका व्यक्तिले लाभ लिन सक्छन्’, उनले भने।
दृष्टिविहिन समाज पुरानो बानेश्वरमा अध्यापन गराइरहेकी सैजु खरेलले आफूले यस तालिममा सिकेका कुराहरू श्रवणदृष्टिविहिनता भएका व्यक्तिलाई सिकाउने बताइन्।
‘मैले पनि धेरै जानेको त छैन, तर जति जानेको छु अरूलाई सिकाउनेछु’, उनले भनिन्।
यस्तै ललितपुर चापागाउँकी रूस्ना महर्जनकी २० वर्षिया बहिनी आशा पनि श्रवण दृष्टिविहिन हुन्। उनी जन्मिँदा दृष्टिविहिन थिइन्। पाँच वर्षको उमेरमै उनले कानसमेत सुन्न छाडिन्। रूश्नाले तालिम लिएर बहिनीसँग कुराकानी गर्न र उसका भावनाहरू सुन्नका लागि आफूले तालिम लिएको बताइन्।
यस्तै सिन्धुपाल्चोकका सुजन पराजुली हाल महेन्द्र रत्न क्याम्पस ताहाचलमा अध्ययनरत छन्। उनी जन्म जात दृष्टिविहिन हुन्। उनी कान पनि कम सुन्छन्। उनलाई यो तलिम निकै उपयोगी भएको बताए।
यस्तै तालममा सहभागी नेत्रहिन युवा संघ रूपन्देहीका टिकाराम पौडेलले आफूले सिकेका कुरा रूपन्देही जिल्लामा भएका श्रवण द्रिश्टिविहिनलाई सिकाउने बताए।
बिएल नेपाली सेवासँग कुरा गर्दै पौडेलले सबै संघसंस्थासँग समन्वय गरेर श्रवण दृष्टिविहिन भएका व्यक्तिको पहिचान गरी तालिम दिनुपर्ने बताए।
बुटवल बहुमुखी क्याम्पसमा अध्ययनत टिकारामले नेपालमा नौ हजार श्रवण दृष्टिविहिन भएको सरकारी तथ्याङ्क रहे पनि यसमा कुनै सत्यता नभएको दाबी गरे।
‘श्रवण दृष्टिविहिनता भएका व्यक्ति पनि हाम्रो देशका नागरिक हुन्। उनीहरुको खोजि हुनुपर्छ, सायद् सरकारलाई पनि थाहा छैन होला गुड भाइब्स एप्सको साहयताबाट उनीहरू पनि मोबाइल चलाएरै कुराकानी गरेन सक्छन्। त्यसैले यस्तो तालिममा राज्यले चासो राख्नुपर्यो,’ उनले भने।
नेपालमा हुने यस्ता बहुउपयोगी तालिमहरू सहर केन्द्रीत मात्र नभएर ग्रामिण भेगमासमेत पुर्याउनुपर्छ।