कवि मजगैयाँकाे अनुगुञ्जन सार्वजनिक 

कवि उत्तमकृष्ण मजगैयाँकाे अनुगुञ्जन कवितासङ्ग्रह सार्वजनिक भएकाे छ। राजधानीमा भएको एक समारोहमा शास्त्रीय छन्दमा आवद्ध ५१ फुटकर कविताहरूकाे सङ्ग्रह सार्वजनिक गरिएकाे हो।

उनको हाँस्यव्यङ्ग निबन्ध, मुक्तलयका कविता र खण्डकाव्यहरूपछिको यो दसाैँ कृति हाे।

विविध शीर्षकमा रस, भाव र आनुप्रासिकताकाे अन्तर्गुञ्जन रहेकाे सो प्रस्तुतले नेपाली कविता जगतमा एउटा सुन्दर कृति थपिएकाे समालाेचक डा‍. वासुदेव त्रिपाठीले बताए।

उक्त समारोहमा कविहरू भुवनहरि सिक्देल , प्रह्लाद पाेखरेल , डा. मधुसूदन लामिछानेले सङ्ग्रहका केही कवितावाचन गरेका थिए भने डा.रामप्रसाद ज्ञवाली, नेसंविका पूर्वउपकुलपति कुलप्रसाद काेइराला र समालाेचक गाेपीकृष्ण शर्मा, बुनु लामिछाने र रमेश शुभेछुकलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2020-02-17 05:17:57

प्रतिकृया दिनुहोस्