इंग्लिस प्रिमियर लिग: वर्नलीसँग साउथह्याम्टन पराजित

एजेन्सी

काठमाडाैं

इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टन पराजित भएको छ। 

शनिबार भएको खेलमा घरेलु टोली साउथह्याम्टन २–१ गाेल अन्तरले वर्नलीसँग पराजित भएको हो।

वर्नलीका लागि एस्ले वेस्टउड र माटेज भ्याड्राले एक एक गोल गरेका थिए। यता साउथह्याम्टनका ड्यानी ईङ्सले एक गोल फर्काए। 

खेलको दोस्रो मिनेट मै वर्नलीले अग्रता लिएको थियो। उसका लागि वेस्टउडले गोल गरेका थिए।

साउथह्याम्टन १८ औं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि ईङ्सले गरेको प्रहार सिधै जाली चुमेको थियो। 

पहिलो हाफ बरारबरी खेलेको वर्नलीले दोस्रो हाफमा दवदवा जमायो। फलस्वरुप ६० औं मिनेटमा भ्याड्राले गोल गर्दै वर्नलीलाई जित दिलाए।

जितसँगै वर्नली ३४ अंकका साथ तालिकाको दसौं स्थानमा उक्लिएको छ। 

पराजित साउथह्याम्टन ३१ अंकसहित तालिकाको १३ औं स्थानमा छ।
 

प्रकाशित मिति: : 2020-02-16 09:31:27

प्रतिकृया दिनुहोस्