नायिका महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा पौने ६ बजे ठोक्किएका थिए।
चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी २२ वर्षीया सिलवालको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन्। उनीहरु काठमाडौैबाट चितवन घर जाँदै थिए।
दुर्घटनामा गम्भीर घाइते भएकी शर्मिलालाई उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटोमा मृत्यु भएको बस्नेतले बताए।
महिमाले 'कारवाही' चलचित्रबाट डेब्यु गरेकी थिइन्। त्यसयता उनले 'अप्रिल फुल', 'चियर्स', 'दानव', 'जिग्लो'लगायत चलचित्रमा काम गरेकी थिइन्।