शनिबार, १२ जुलाई २०२५

काेराेनाकाे खाेप बनाउन अझै समय लाग्छ: डब्ल्यूएचओ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2020-02-13 19:40:40
News Image
• • •

चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण ११ हजार जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने ४४ हजार ६ सय जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार यसअघि एक दिनमा झण्डै चार हजार जना नयाँ बिरामी भेटिने गरेकामा गएको दुई हप्तामा चीनमा दैनिक झण्डै दुई हजार जनामात्र नयाँ बिरामी भेटिएका छन्। 

सङ्क्रमित हुनेको सङ्ख्या घटे पनि कोरोनाको महामारी तत्काल अन्त्य हुने घोषणा गर्न अहिले धेरै चाँडो हुने डब्ल्यूएचओले जनाएको छ।

कोरोनाविरुद्ध लड्न चार वटा खोप बनाउने योजनामा रहेको पनि डब्ल्यूएचओले जनाएको छ। सङ्गठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले खोप बनाउने तयारी भए पनि केही समय लाग्ने जानकारी दिएका हुन्। 

‘मलाई लाग्छ हामी भ्याक्सिन बनाउन सक्छौँ’,उनले भनिन्, ‘तर यसका लागि केही समय लाग्न सक्छ, यो एकै रातको काम होइन।’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?