अरूका लागि प्रेरणादायी बन्नसक्ने धेरै ब्राण्डहरूले आफ्नो कथा भन्नु जरूरी छ: सुजनराजा श्रेष्ठ

विगत दुई दशकदेखि मार्केटिङ क्षेत्रमा कार्यरत सुजनराजा श्रेष्ठले नेपालमा ब्राण्डस्टोरी अत्यावश्यक रहेको बताएका छन्। बिएल ब्राण्ड स्टोरीसँग कुरा गर्दै श्रेष्ठले मझौला तथा साना व्यवसायीले पनि आफ्नो ब्राण्डको कथा भन्नुपर्ने बताएका छन्।

उनले कुनै पनि ब्राण्डको विकास र प्रचारका लागि पैसा नभएर प्यासन हुनुपर्ने बताउँछन्। प्यासनसँगै अलिकति धैर्यता भयो भने नेपाली ब्राण्ड पनि अन्तर्राष्ट्रिय बजारसँग प्रतिश्पर्धा गर्न सक्षम हुने उनले दाबी गरे। ‘नेपाली ब्राण्डका दुई वटा कमजोरी मैले देख्ने गरेको छु’, उनले भने, ‘एउटा स्थिरता नहुनू र अर्को निरन्तरता नहुनू।’

पैसाको कमिले ब्राण्ड चलाउन नसकेको भन्दै त्यहाँ गुणस्तरमा सम्झौता गर्ने र मूल्य घटाउने भएपछि उत्पादनमा एकरूपता दिन सक्दैन। साथै निरन्तरता दिन नसकेपछि धेरै ब्राण्डहरू बिचमै मर्ने गर्छन्।

नेपालमा पनि गुणस्तरीय ब्राण्डहरू भएको भन्दै उनले वाईवाई जुन विदेशी भूमीबाट नेपालमा आएर विदेशमासमेत गएको उदाहरण दिए। यस्तै बुद्ध एयर र कान्तिपुर मिडियाले पनि आफ्नो ब्राण्ड अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको बताए।
उनले केएफसीसँग टक्कर दिने चिकेन स्टेसन होस् या नेपाली भूमीबाट विदेशी भूमीमा फ्रेन्चाइज दिने हिमालयन जाभाको ब्राण्ड बन्न आफ्नै संघर्ष रहेको बताए।

ठूला मात्र होइन साना ब्राण्ड पनि विगत तीन चार पुस्तादेखि नेपाली बजारमा निरन्तर गुणस्तरीय बस्तु र सेवा दिइरहेको बताए। मंगलबजारको होनचादेखि रञ्जना गल्लीको सोडा यसको ज्वलन्त उदाहरण हो। 

‘यी र यस्ता धेरै ब्राण्डहरू छन् जो आफैंमा उदाहरणीय हुनुका साथै अरूका लागि प्रेरणादायी बन्नसक्छन् यसको कथा लेख्नु जरूरी छ। आउनुहोस् यसको कथा लेखौं ब्राण्डस्टोरीमा’, उनले भने।  धेरै ब्राण्डहरू आफैंमा उदाहरणीय रहेको भन्दै उनले अरूको लागि प्रेरणाको स्रोत हुनसक्ने धेरै कप्पनीहरूले ब्राण्डस्टोरीमा कुरा गर्नु जरूरी रहेको औल्याए।

यो पनि हेर्नुहोस्

ब्राण्ड स्टोरी:  नायिका श्वेता खड्का, रिसेप्सनिष्टदेखि सफल व्यवसायीसम्म

ब्राण्ड स्टोरीः ‘राष्ट्रको सञ्चार’ को १०० वर्षे इतिहास

प्रकाशित मिति: : 2020-02-12 07:24:00

प्रतिकृया दिनुहोस्