गँड्यौला, गँनेउला वा गन्युँला प्रश:त मात्रामा प्राङ्गारिक मल हालेको, ओसिलो, बाँझो वा खनजोत कम हुने र रासायनिक मल तथा विषादी प्रयोग नगरिएको माटोमा बढी पाइन्छन्। रासायनकि मल र विषादी हालेको र रुखो माटोमा गँड्यौला धेरै कम भेटिन्छन्। गँड्यौलाको शरीर औँठीज:ता मांसल खण्डखण्ड मिलेर बनेको हुनाले घ:रेर हिँड्दा तन्किन वा खुम्चन सक्ने हुन्छ।
गँड्यौलाका आँखा, नाक र कान हुँदैन तर शरीरभरि फैलिएको : नायुप्रणालीले यसलाई कम्पन, तातो, चिसो, चि:यान, प्रकाश र अन्य गँड्यौलाको उप:थिति थाहा दिन्छ। गँड्यौला अगाडि र पछाडि दुवैतिर हिँडन सक्छ। गँड्यौलालाई गँनेउला वा गँन्युला पनि भनिन्छ। गँड्यौला माटोभित्र दुलो बनाएर ब:छन्। यिनले माटोलाई खनजोत गरिरहेका हुन्छन् र विष्ठ्याएर माटोलाई मलिलो पारिरहेका हुन्छन्। यसैले गँड्यौलाहरू किसानका मित्र हुन्।
गँड्यौला मुख्यतया दुई प्रकारका हुन्छन्— (१) माटोभित्र गहिराइमा ब:ने गँड्यौला र (२) माटोको सतहनजिक ब:ने गँड्यौला। माटोभित्र गहिराइमा रहने गँड््यौलाहरूले नब्बे प्रतिशत माटो र १० प्रतिशत प्राङ्गारिक पदार्थ खान्छन्। गहिराइमा रहने गँड्यौला २०—२५ से.मी. लामा हुन्छन्। माटोलाई मलिलो बनाउन यिनको त्यत्ति भूमिका हुँदैन।
जमिनको सतहनजिक वा एक मीटरभन्दा कम गहिराइमा रहने गँड्यौलाहरूलाई ‘सतही गँड्यौला’ भनिन्छ। सतही गँड्यौलाले नब्बे प्रतिशत प्राङ्गारिक पदार्थ र १० प्रतिशत माटो खान्छन्। यसैले माटोलाई मलिलो बनाउनमा सतही गँड्यौलाहरूको विशेष भूमिका रहन्छ।
प्रकृतिलाई पृथ्वीको सतहमा १० से.मी. मलिलो माटो बनाउन दुई सय वर्ष लाग्छ। गँड्यौलाहरूले यो काम एक वर्षमै पूरा गर्न सक्छन्। गँड्यौला पाइने खेतबारी मलिलो र उब्जाउ छ भन्ने थाहा पाउन सकिन्छ।
गँड्यौली मल : बालीअवशेष, झार, पातपतिङ्गर, तरकारी र फलपूmलका अवशेष आदिलाई गँड्यौलाहरूको सहायताले अपघटन गराई प्राप्त भएको मललाई गँड्यौली मल, गन्युँला मल वा भर्मिकम्पो:ट भनिन्छ। सतही गँड्यौलाले प्रतिदिन लगभग आफ्नो तौलभन्दा २ देखि ५ गुना बढी प्राङ्गारिक पदार्थ (बालीअवशेष, झारपात आदि) खान्छन् र खाएको पदार्थको ९० प्रतिशतभन्दा बढी अंश विष्ठाको रूपमा उत्सर्जन गर्छन्। गँड्यौलाको विष्ठा स:याना दानेदार थुप्रोका रूपमा पाकेको चियापत्तिज:तो देखिन्छ। गँड्यौला माटोमा दुलोभित्र ब:छन् तर यिनले विष्ठा दुलोबाहिर जम्मा गरेको देखिन्छ।
गँड्यौलाको विष्ठा खाद्यत्वहरूले भरिपूर्ण भएकाले यसले माटोलाई मलिलो बनाउँछ। गँड्यौलाको विष्ठालाई नै गँड्यौली मल वा भर्मिकम्पो:ट भनिन्छ। गँड्यौली मलमा असंख्य लाभदायक सूक्ष्मजीव, अपचित प्राङ्गारिक पदार्थ, बालीबिरुवाका लागि चाहिने अनेकन पोषक तत्व, इन्जाइम, वृद्धिकारक हर्मोन, भिटामिन र एन्टिबायोटिकहरू पाइन्छन्। यसमा जीवित गँड्यौला र तिनका ककुनहरू हुन्छन्। गँड्यौली मलमा चिपचिपे पदार्थ (श्लेष्मा) पाइन्छ। यस चिपचिपे पदार्थले माटोबाट खाद्यतŒवहरू वि:तारै मुक्त हुन मद्दत गर्छ, माटोलाई दानेदार बनाउँछ र खाद्यतŒवहरूलाई पानीले पखालिएर ह्रास हुनबाट जोगाउँछ। गँड्यौली मलमा नाइट्रोजन करिब १.७५ प्रतिशत, फ:फोरस ०.३४ प्रतिशत र पोटासियम ०.४८ प्रतिशत पाइन्छ। यसमा नाइट्रोजनको मात्रा कम्पो:ट मल वा गोठे मलको तुलनामा २—३ गुना बढी पाइन्छ।
सतही गँड्यौलाको जीवनचक्र : सतही गँड्यौलाको जीवनकाल २ देखि ३ वर्षको हुन्छ। गँड्यौलाको शरीरमा भाले र पोथी दुवै अङ्ग पाइन्छन् तर सन्तानोत्पादनका लागि दुई ओटा गँड्यौला चाहिन्छन्। गँड्यौला चार हप्ताको उमेरमा परिपक्व हुन्छन् र ६ वा ७ हप्तापछि ककुन उत्पादन गर्न थाल्छन्। ककुन भनेको अन्डादानी हो र यसभित्र ३—७ ओटा अन्डा हुन्छन्। एउटा गँड्यौलाले हप्तामा २—३ ककुन पार्छ। दुईदेखि तीन हप्तापछि एउटा ककुनबाट ३—७ ओटा शिशु गँड्यौला पैदा हुन्छन्। शिशु गँड्यौला मसिनो सेतो धागोज:तो हुन्छ। गँड्यौली मल तयार हुने दुई महिनाको अवधिमा गँड्यौलाको संख्या २—३ गुना बढ्छ।
गँड्यौलाका लागि चाहिने वातावरण : गँड्यौलाको वृद्धिका लागि प्राङ्गारिक पदार्थमा ४०—८०% चि:यान र २०—३०० से. तापक्रम चाहिन्छ। गँड्यौलाका लागि लगभग तट:थ पीएच भएको वातावरण उचित हुन्छ। गँड्यौलाले छालाको सतहबाट श्वासप्रश्वास गर्छ। यसको छालाको भित्रि सतहबाट बग्ने रगतले छालाको बाहिरी सतह आद्र्र (ओसिलो) भएको अव:थामा अक्सिजन अवशोषण गर्छ र कार्बनडाइअक्साइड बाहिर उत्सर्जन गर्छ। छाला सुक्खा भएमा गँड्यौलाले अक्सिजन लिन र कार्बनडाइअक्साइड उत्सर्जन गर्न सक्दैन। यस कारण गँड्यौलाका लागि सधैँ ओसिलो वातावरण चाहिन्छ। पानी जमेको अव:थामा गँड्यौला नि:सासिने भएकाले अक्सिजनको खोजिमा दुलोबाट बाहिर नि:कन्छ।
गँड्यौली मल बनाउन उपयोगी गँड्यौला : संसारमा करिब तीन हजार प्रकारका गँड्यौला पाइन्छन्। सतही गँड्यौलाको लम्बाइ ५—१० से.मी., मोटाइ २—३ मि.मी., तौल करिब १ ग्राम र रङ रातो हुन्छ। गँड्यौली मल बनाउनका लागि बढी सक्षम र प्रचलित गँड्यौलाहरू आइसेनिया फेटिडा, युड्रिलस युजेनिये र पेरियोनिक्स एक्:काभेट: हुन्।
गँड्यौली मल बनाउने तरिका : गँड्यौली मल बनाउने मुख्य दुई तरिका छन्— (१) ब्याडमा र (२) भाँडोमा। ब्याडमा गँड्यौली मल तयार गर्ने तरिका : गँड्यौली मल बनाउनका लागि निम्नलिखत संरचना, सामग्री र वातावरणको व्यव:था गर्नुपर्छ।
(१) टहरो र भुइँ: गँड्यौली मल बनाउने ब्याडमाथि दुई मीटर अग्लो एउटा छाप्रो वा टहरो चाहिन्छ किनभने गँड्यौलाहरूलाई घामपानीबाट बचाउनुपर्छ। ब्याडको भुइँ जमिनको सतहभन्दा कम्तीमा ३० से.मी. उठाएको हुनुपर्छ ताकि बर्सातमा पानी जमेर ब्याडमा प:न नसको:। गँड्यौलाहरूलाई सर्प, मुसा, भ्यागुता, चरा आदिबाट बचाउन चारैतिर तारको जाली लगाउनु बेस हुन्छ।
(२) बिछ्यौना: छाप्रोभित्र पराल, नल, भुसा, मकैका ढोड, कुनौरो, पातपतिङ्गर, झार, केराका दाम्चा, उखुका सुकेका पात, उखुका पोथा, तरकारी र फलपूmलका बोक्रा, काठको धुलो, गोबर आदि चुटेर नरम बनाएपछि प्रयोग गरी गँड्यौलाहरूका लागि ब्याड बनाउनुपर्छ। ब्याडमा शिशा, प्ला:टिक, रबर, धातु आदि नकुहिने पदार्थ र विषालु पदार्थहरू प्रयोग गर्नु हुँदैन।
(३) ब्याडको आयाम: ब्याडको चौडाइ एकदेखि डेढ मीटर र उचाइ आधादेखि एक मीटर उपयुक्त हुन्छ; लम्बाइ उपलब्ध ठाउँअनुसार ६ देखि १५ मीटर राख्न सकिन्छ। ब्याडको चौडाइ र उचाइ बढी राखेमा गँड्यौलाहरू वायुसञ्चारको कमीले नि:सासिएर मर्न सक्छन्। दुई ओटा ब्याडहरूको बीचमा ३० से.मी. बाटो छाड्नुपर्छ।
(४) ब्याड बनाउने तरिका : ब्याडको भुइँमा पानी छम्केर भिजाउने। ब्याड बनाउनका लागि प्रयोग गरिने प्राङ्गारिक पदार्थहरूलाई ब्याड बनाउनुभन्दा पहिले भिजाउने वा यिनलाई ब्याडमा प्रयोग गरेपछि पानी छम्केर भिजाउने। भुइँमा प्राङ्गारिक पदार्थको करिब १५ से.मी. बाक्लो तह बिछ्याउने। यो गँड्यौलाको बिछ्यौना हो। बिछ्यौनामाथि पुरानो गोबर मल, गोबरग्यासको लेदोमल वा राम्ररी कुहेको कम्पो:ट मलको ५ से.मी. बाक्लो तह फिँजाउने। कम्तीमा १०—१५ दिन पुरानो गोबर मात्र प्रयोग गर्ने किनकि ताजा गोबर प्रयोग गरेमा तापक्रम बढेर गँड्यौलाहरू मर्न सक्छन्। यसमाथि जिउँदा गँड्यौला हाल्ने। सबैभन्दा उपयुक्त आइसेनिया फेटिडा छन्। एक वर्गमीटर ब्याडमा एक हजार गँड्यौला (एक केजी) छाड्न सकिन्छ। गँड्यौलामाथि माटो, खरानी र नीमका पातहरूको करिब ५ से.मी. तह प्रयोग गर्न सकिन्छ। नीमका पात राख्दा बाहिरी कीराहरूको रोकथाम हुन्छ। यसमाथि पराल, भुसा, झार, पातपतिङ्गर, हरियो :याउला, तरकारी र फलपूmलका बोक्रा, घाँस आदिको १०—१५ से.मी. तह प्रयोग गर्ने। यसपछि कीरा र चराहरूबाट बचाउन ब्याडलाई भिजाएको जुटको बोराले छोपिदिने।
(५) सिँचाइ: ब्याडमा आवश्यकताअनुसार पानी छम्केर बिछ्यौनालाई आद्र्र बनाइराख्नुपर्छ। पानी बढी भएमा गँड्यौला डुबेर मर्न सक्छन् र चि:यान कम भएमा गँड्यौलाको छाला चाँडै सुक्ने भएकाले तिनीहरू निष्क्रिय हुन वा मर्न सक्छन्। गर्मी याममा मौसमअनुसार दिनमा एकदेखि दुईतीन पटक र हिउँदमा एक दिन बिराएर पानी छम्कनु बेस हुन्छ।
(६) लाभदायक सूक्ष्मजीव: उपलब्ध भएमा ब्याडमा मलको थुप्रोभित्र ईएम, एजोटोब्याक्टर, फ:फोरस घोलक, राइजोबियम, ट्राइकोडर्मा आदि सूक्ष्मजीवहरू (आधा—एक कि.ग्रा. प्रतिब्याड) घोलेर प्रयोग गर्न सकिन्छ।
(७) मल सङ्कलन: ब्याडको सतहमा दानेदार कालो विष्ठा जम्मा भएपछि कम्तीमा ५ दिनसम्म पानी दिन बन्द गर्नुपर्छ। माथिल्लो सतहमा पानीको कमी हुँदा गँड्यौलाहरू तलतिर जान्छन्। यस अव:थामा माथिल्लो सतहमा जम्मा भएको गँड्यौली मल सङ्कलन गर्न सकिन्छ। मल सङ्कलन गर्दा गँड्यौलाहरूलाई घाउचोट नलागो: भनी सावधानी अपनाउनुपर्छ। गँड्यौली मल ४५ देखि ६० दिनमा तयार हुन्छ।
खेतबारीमा गँड्यौली मल प्रयोग गर्ने तरिका : गड्यौँली मल ३ देखि ५ क्विन्टल प्रतिरोपनीका दरले प्रयोग गर्न सकिन्छ। गमलामा ५० देखि १०० ग्राम, साना फलवृक्षमा आधादेखि एक किलोग्राम र ठूला फलवृक्षमा २ देखि ३ किलोग्राम गँड्यौली मल प्रयोग गर्न सकिन्छ। गँड्यौली मललाई जमिनको तयारी गर्ने बेला एकनासले फिँजाएपछि माटोमा मिलाउनुपर्छ। गँड्यौली मललाई खडाबालीमा पंक्तिहरूको बीचमा छरेर टप ड्रेसिङ गर्न सकिन्छ। मल छरेपछि हलुका सिँचाइ दिनु बेस हुन्छ।
गँड्यौली मलका फाइदाहरू:
१) खेर जाने बालीअवशेष, झारपातलबाट उच्च गुण:तरीय गँड्यौली मल बन्छ।
२) फोहोरमैलाबाट मल बन्ने भएकाले प्रदूषण पनि घट्छ र वातावरण :वच्छ हुन्छ।
३) गँड्यौली मल प्रयोग गरे रासायनिक मल किन्नु पर्दैन।
४) गँड्यौली मल हाल्दा माटो दानेदार, नरम, बढी जलधारण गर्न सक्ने र आद्र्र बन्छ। य:तो माटो खनजोत गर्न सजिलो हुन्छ।
५) गँड्यौली मलमा झारका बीउ जीवन्त नरहने भएकाले झारको प्रकोप घट्छ।
६) गँड्यौली मल हालेको माटोमा रोगकीरा कम लाग्छन्।
७) माटो मलिलो बन्ने भएकाले बिरुवाका जरा, पात र हाँगाहरू अधिक वृद्धि हुन्छन्। उत्पादन वृद्धि हुन्छ।
८) तरकारी, फलपूmल र खाद्यान्न बढी :वादिलो र पोसिलो हुन्छ। यिनको भण्डारण क्षमता पनि बढ्छ।
९) सामान्य कम्पो:ट मल तयार हुन ३—४ महिना लाग्छ तर गँड्यौली मल ४५—६० दिनमा नै तयार हुन्छ।
१०) गँड्यौली मललाई थैलामा प्याक गरी बिक्री गर्न सकिन्छ।
गँड्यौली मलको झोल:
(१) भर्मिवास: गँड्यौँलापालन गरिएको भाँडोको पीँधमा पानी निकास हुने ठाउँमा टुटी जोडेर मल पखालिएर आएको तरल पदार्थलाई सङ्कलन गर्न सकिन्छ। यसरी जम्मा गरिएको गँड्यौली मलको रसलाई नै भर्मिवास भनिन्छ। यसमा करिब १० गुना पानी मिसाएर बालीबिरुवामाथि छर्केमा रोगकीराको प्रकोप कम हुन्छ र बिरुवाको वृद्धि पनि राम्रो हुन्छ।
(२) गँड्यौली चियामल: एक लीटर पानीमा ३० ग्राम गँड्यौली कम्पो:ट मिसाउने र चौबिस घन्टासम्म त्यसै रहनदिने तर बेलाबेलामा हल्लाएर मिसाउने। झोल मललाई प्ला:टिकको बोतलमा हाल्ने र मुखमा साना छिद्र पारेपछि हातले दबाएर बिरुवाको पातमाथि छर्केर प्रयोग गर्न सकिन्छ। जराक्षेत्रको माटो प्रयोग गर्ने भए खन्याएर प्रयोग गर्न सकिन्छ। चियामल प्रयोग गर्दा तरकारी, फलपूmल र अन्नादिका बोटबिरुवाको वृद्धि राम्रो हुन्छ। बोटबिरुवाहरू :व:थ र हष्टपुष्ट देखिन्छन्। उत्पादन वृद्धि हुन्छ। रासानिक मल टपड्रेस गर्नुको सट्टा झोल मल दिनु बेस हुन्छ।
यो पनि हेर्नुहो: