पुरातत्त्व विभागले विभिन्न निकायसँगको सहकार्य र सहयोगमा सम्पदा पुनर्निर्माण गरिरहेको छ। यसबारे आइतबार विभागले हालसम्मको सम्पदा पुनर्निर्माणको अवस्थाबारे जानकारी गराएको छ।
विभागका निमित्त प्रमुख दामोदर गौतमका अनुसार भूकम्पबाट उपत्यकाका विश्व सम्पदा स्थललगायत ३१ जिल्लामा गरी ९ सय २० सम्पदा प्रभावित भएका थिए। त्यसमध्ये हालसम्म ४ सय वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको जनाइएको छ भने अन्य १ सय ५० वटा सम्पदाको संरक्षण र पुनर्निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गरिनेछ।