वीपी उपकुलपतिमा गुरू खनाललाई चुन्न नेकपाको लिखित पत्र

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हिजोआज चर्चामा छ। यहाँ छ महिनादेखि रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन मागिएको छ। उपकुलपतिका लागि १६ जनाले दरखास्त दिएका छन्। उपकुलपतिका दाबेदारमध्ये एक निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका प्राध्यापक डाक्टर गुरूप्रसाद खनाल हुन्।

खनाललाई नै सिफारिस गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, धरान उपमहानगरपालिका कमिटीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पठाएको पत्र बाहिरिएपछि प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप देखिएको छ। नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदी र सचिव सुदर्शन श्रेष्ठले गत बिहीबार स्वास्थ्य मन्त्री ढकाललाई पठाएको पत्रमा रिक्त उपकुलपति पदमा खनाललाई नियुक्त गर्न सिफारिस गरिएको छ। मन्त्री ढकाल प्रतिष्ठानका सहकुलपति र उपकुलपति छनोट समितिका संयोजक पनि हुन्।

प्रकाशित मिति: : 2020-02-09 05:23:41

प्रतिकृया दिनुहोस्