बुटिगीग र स्यान्डर्सबीच कडा प्रतिस्पर्धा

एजेन्सी

कन्कर्ड

मोक्र्याटिक पार्टीको आयोवा राज्यमा सम्पन्न प्रारम्भिक चुनावमा इन्डियाना राज्यको साउथ बेन्डका पूर्व मेयर पिट बुटिगीग र सिनेटर बर्नी स्यान्डर्सबीच कडा प्रतिस्पर्धा जारी छ। कम्प्युटर प्रविधिमा देखिएको समस्याका कारण मतगणनामा ढिलाई भएको छ। 

करिब ९७ प्रतिशत मतगणना हुँदा ३८ वर्षीय बुटिगीगले २६।२ प्रतिशत मत प्राप्त गरेका छन्। अर्का प्रतिस्पर्धी सिनेटर स्यान्डर्सले २६।१ प्रतिशत मत प्राप्त गरेका छन्।

डेमोक्र्याटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार चयन गर्न भइरहेको यस चुनावमा निकै प्रभावशाली आँकलन गरिएका पूर्व उपराष्ट्रपति जो बाइडेन निकै पछाडि छन्। 

चौथो स्थानमा रहेका बाइडेनले १५।८ प्रतिशत तथा सिनेटर एलिजाबेथ वारेनले १८।२ प्रतिशत मत प्राप्त गरेका छन्।

आयोवाको चुनावी नतिजामा ढिलाई भइरहे पनि मुख्य प्रतिस्पर्धीहरु जो बाइडेन र बुटिगीगले अर्को राज्य न्यू ह्याम्पसायरमा चुनावी प्रचारलाई तिब्र पारेका छन्। यहाँ यही फेब्रुअरीमा चुनाव हुँदैछ। 

आयोवाको प्रारम्भिक चुनाव अघि खासै चर्चामा नरहेका बुटिगीगको लोकप्रियताले सबैलाई आश्चर्यचकित पारेको छ। सर्वेक्षणहरुले आयोवामा सिनेटर स्यान्डर्स नै विजयी हुने देखाएका थिए। 

प्रकाशित मिति: : 2020-02-07 04:51:03

प्रतिकृया दिनुहोस्