घट्यो सुनको भाउ

स्थानीय बजारमा बुधबार सुनको भाउ घटेको छ। प्रतितोला रु ८०० ले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९०० मा झरेको छ। 

 आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु ५०० ले घटेर रु ७६ हजार र तेजाबी सुनको मूल्य रु ७५ हजार ७०० पुगेको थियो। यस्तै चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर प्रतितोला रु ८७५ तोकेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-06 06:13:12

प्रतिकृया दिनुहोस्