छोरीलाई जबरजस्ती करणी गर्ने बावु पक्राउ

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन्। १६ वर्षिय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पर्सास्थित पोखरिया नगरपालिकाबाट प्रहरीले रामविनय साह रौनियारलाई मंगलबार पक्राउ गरेको हो। 

रौनियारले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेर घरमा बन्धक बनाए राख्ने गरेको ईलाका प्रहरी कार्यालय पोखरियाले जानकारी दिएको छ। घरमा नै बन्धक रहेकी बालिका गाउँघरमा स्थानियको मृत्यु भएपछि मृतकलाई देख्ने बाहनामा घरबाट निस्केर प्रहरी कार्यालयमा पुगेकी थिइन्।

प्रहरी कार्यालयमा पुगेकी बालिकाले आफ्नै बुवाले पटक–पटक जबरजस्ती करणी गरेको जाहेरी दिएपछि बुवा र आमालाई पक्राउ गरिएको हो। पिडित बालिकासहित उनकी आमा र बुवालाई थप अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ।

हाल तीनै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले बताए।

प्रकाशित मिति: : 2020-02-05 03:25:27

प्रतिकृया दिनुहोस्