अमेरिकाले म्यानमारसहित ६ मुलुकमाथि भिसामा प्रतिबन्ध लगाउने

एजेन्सी

काठमाडाैं

अमेरिकाले म्यानमारसहित ६ मुलुकका लागि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। एक विज्ञप्ति जारी गर्दै म्यानमारसहित ६ देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

विज्ञप्तिमा जनाइएअनुसार  म्यानमार, नाइजेरिया, सुडान,इरिटेरिया, क्रिग्रिस्तान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्। भिसा प्रतिबन्ध लागेसँगै अमेरिकी सरकारले अन्य देशहरुमा समेत यस्तो निर्णय गर्न सक्ने बताइएको छ।

आप्रवासीका लागि योग्य हुनेले भने भिसा प्राप्त गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ। अमेरिकाले हाल आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई  गर्न थालेको छ।
 

प्रकाशित मिति: : 2020-02-04 19:49:08

प्रतिकृया दिनुहोस्