१७ वर्षीया थनबर्ग नाेबेल शान्ति पुरस्कारका लागि मनाेनित

जलवायु परिवर्तनविरुद्ध लडरिहेकी १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई नोबेल शान्ति पुरस्कारका लागि स्पेनका दुई सांसदहरुले मनोनित गरेका छन्। सन् २०२० का लागि  लेफ्ट पार्टीका सदस्य जेन्स होम र हकन सवेन्नलिङले थनबर्गलाई मनोनित गरेका हुन्।

गएको वर्ष पनि स्विडेनका तीन जना सांसदले ग्रेटा थनबर्गको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका थिए । तर सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्री अबी अहमदले प्राप्त गरेका थिए। 

लेफ्ट पार्टीका सदस्य होम र सवेन्नलिङले भनेका छन्, ‘थनबर्गले जलवायु सङ्कट उत्सर्जनलाई कम गर्न राजनीतिज्ञको आँखा खोल्न र पेरिस सम्झौताको पालना गर्न कठोर मेहनत गरेकी छिन्, जुन कदम शान्तिको लागि पहल हो।’

१७ वर्षीया किशोरी थनबर्गले जलवायु परिवर्तनमा भैरहेको बदलीलाई रोक्न विद्यार्थीहरुलाई प्रदर्शनमा उपस्थित हुन प्रेरित गरेकी रहेकी छन्। अहिले उनको यो आन्दोलन स्विडेन बाहिर युरोपको अन्य देशमा पनि पुगिसकेको छ। 
 

प्रकाशित मिति: : 2020-02-04 09:36:47

प्रतिकृया दिनुहोस्