‘म्यान भर्सेस’ वाइल्डमा बलिउड अभिनेता अक्षय कुमार प्रवेश गरेका छन्।
सञ्चारमाध्यमहरूका अनुसार उनले कार्यक्रम प्रस्तोता बियर ग्रिल्ससँग सुटिङ सकिसकेका छन्।
अक्षयको सुटिङ कर्नाटकको बान्दीपुर टाइगर आरक्षण तथा नेसनल पार्कमा भएको बताइएको छ।
सुटिङका केही फोटा सार्वजनिक भएका छन्। फोटोमा अक्षय, बियर र कार्यक्रम टोली वन अधिकृतहरूसँग देखिन्छन्। उनीहरूले पाँच ठाउँमा सुटिङ गर्ने भनिए पनि दुई ठाउँ मात्र गरेर हिँडेको बताइएको छ।
उनीहरूले जम्मा तीन घन्टा सुटिङ गरेका छन्।