बृद्ध दम्पतिको कथा

२१औं शताब्दीमा दुनियाँ धेरै कुरामा फड्को मारेको छ। विज्ञानको प्रगतिले संसारलाई एक मुठ्ठीमा सिमित गरिदिएको छ। मानिसहरू आधुनिक जीवनशैलीमा ढल्दै गइरहेका छन्। आफ्नो आर्थिक क्षमता अनुसारको सुख सुविधासहित जीवन जिउन सक्ने भएका छौं। तर, आधुनिकताको नाममा ज्येष्ठ नागरिकप्रतिको क्रुर व्यवहार डरलाग्दो रुपमा देखा परिरहेको छ। 

यदि स्वयं त्यसलाई अनुशरण गर्न सकिएन भने सामाजिक सञ्जालमा शिक्षामुलक उपदेशहरू पोस्ट गरेर कदापि महान हुन सकिँदैन। यदि तपाईँको जीवनकालमा आमाबुवा बृद्ध आश्रमको शरण लिन बाध्य छन् भने तपाईँको जीवनको कुनै अर्थ हुँदैन। तपाईँको आमाबुवा घरमै अपहेलित छन्, दुर्व्यवहार खेपिरहेका छन्, खुसी छैनन् भने तपाईको आधुनिकता र शिक्षाको के अर्थ रह्यो?

कुनै समयका जाँगरिला युवा आज हाम्रो माझ बृद्धवृद्धाको उमेरमा पुगेका छन्। आउने समयले हामीलाई पनि बृद्धवृद्धा बनाई दिनेछ। त्यसैले, जेष्ठ नागरिकप्रति भावनात्मक र आत्मीय व्यवहार गर्न नितान्त आवश्यक छ। 

बिएल नेपाली सेवाका पाठकमाझ आज एउटा मनछुने कथा प्रस्तुत छ। तिता मिठा घटनाक्रमहरुले नै कथा रचना गर्न अभिप्रेरित गदर्छ। आजको कथामा काल्पनिक नाम रहेको बृद्ध रामरतन मुख्य पत्र हुन्। कसैको नाम वा जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ।                 

बृद्ध दम्पतिको कथाः
धेरै वर्षपछि छोरा–बुहारी घर आएका थिए। आमाबाबुको एक्लो सन्तान थिए दिपक। बाल–बच्चा सहित उनी काठमाडौंम़ा बस्न थालेको दुई दशक भइसकेको थियो। छोरा(बुहारीलाई देखेर बृद्ध दम्पतिको आँखाबाट खुशीको आँशु छछल्किरहेको थियो। एक अर्कोलाई अंगालोमा समाएर खुशी साटिरहेका थिए। आँचलले आँखा पुछ्दै, आमाले सोधिन्– नातिनातिनाहरू किन आएनन्, बुहारीरु बुहारीले भनिन्, ‘उनीहरुको स्कुलमा बिदा थिएन आमा।’ सासु(बुहारी र बाबु(छोराको कुराकानी निकैबेर चलिरह्यो। 

दिउँसोको ४ बजिसकेको थियो। आमाले छोरालाई असाध्यै मनपर्ने दालको पकौडासहित खाजा लिएर आइन्। खुशीको कारण बृद्ध दम्पतिको पाउ जमिनमा थिएन। सब काम फटाफट भइरहेको थियो। बाबु-छोरा खेततिर जाँदै गर्दा बाबुले भन्दै थिए, ‘चम्पाको घरबाट दही ल्याईदिनू?आमा मुस्कुराउँदै भनिन्, भन्नु पर्दैन, मेरो राजा-रानीको लागि के–के परिकार पकाउँउछु के–के। सासुबुहारी घरको कामकाजमा व्यस्त भए। राति सुत्ने बेला दिपक कि श्रीमती भन्दै थिइन्ज–ग्गा बेच्ने बारे बुवासँग कुरा गर्नु न। दिपकले भने, अहिले हैन, भोलि राति कुरा गरौंला नि।  
 
दोस्रोदिन गाउँको सबैलाई थाहा भइसकेको थियो, रामरतनको छोरा दिपक आएछन् भनेर। दिपकघर आएको गाउँलेलाई थाहा भएपछि, फेरि सम्पति बेच्न आए होलान् भनी शंका गर्न थालेका थिए। २० वर्षमा उनि जति पटक जन्मथलो आएका थिए, सम्पति बेचेर गएकोले गाउँलेहरुलाई शंका हुनु स्वाभाविक थियो। गाउँका एक बृद्धले रामरतनलाई सल्लाह दिँदै थिए, छोराले फेरिपनि सम्पत्ति बेच्न भन्यो भने बेच्न नदिनू। तिमी बुढाबुढीको जीवन कसरी चल्छरु रामरतन टाउको हल्लाएर बेच्दिनँ भनेर सांकेतिक उतर फर्काएका थिए।

रातको नौ बजेको थियो। सबैजना एकसाथ खाना खान बसे। दिपकले बुवालाई भने,‘सबै श्रीसम्पति बेचेर काठमाडौँ मै बसौं।’ बुवा झस्किँदै दिपकतिर हेरे। 

दिपक भन्दै गइरहेका थिए, ‘गाउँमा जग्गा जमिन राखेर केही फाइदा छैन। अलिकति बैंकको लोन पनि छ, तिरेर बचेको पैसाले सहरमा जग्गा जमिन किनौंला। मेरो सन्तानहरू कोहि पनि यो गाउँमा बस्दैनन्।’

रामरतन छोरालाई सम्झाउन थाले, ‘बेच्दा बेच्दै अब जमिन पनि थोरै बचेको छ, बाबु। बचेको जमिन हाम्रो जीवन रहेसम्म बेच्ने कुरा नगर। यसअघि जब जब आर्थिक समस्या भएको भन्यौं बेचेर दिएँ। अब हुन्न। हाम्रो शेषपछि जे मन लाग्छ गर्नू।’ बिचैमा बुहारी भन्न लागिन्, ‘शेषपछि पनि हाम्रै हो भने अहिले बेच्दा बुवालाई के नोक्सानी हुन्छ?’बुहारीलाई जवाफ दिदैं रामरतनले भने, ‘हाम्रो गुजारा काठमाडौं शहरमा हुँदैन त्यसैले। खान आएन, बस्न आएन, हिड्न आएन, बोल्न आएन जस्ता कुराहरु सुन्नु भन्दा हामी बाँचुन्जेल गाउँमै बस्छौं, यही मर्छौं।’ बुवाको कुरा सुनेपछि दिपक बर्बराउँदै आधी खाना छोडेर सुत्नेकोठा तिर गए। 

बृद्ध दम्पतिबीच झगडा हुन् थाल्यो। रामरतन भन्दै थिए, ‘म बेच्दिनँ भनिसकेँ। कुनै हालतमा बेच्दिनँ। हाम्रो भरण पोषण कसरी हुन्छ, हँरु आमा भन्दै थिइन्, ‘छोराबुहारी खुशी रहँदैनन् भने, हाम्रो जीवन र जमिन के कामरु त्यसैले मेरो कुरा मान्नुस् जमिन बेचेर सँगै बस्न काठमाडौं जाउँ। सबै सँगै बसौं।’ सन्तानको खुशीको लागि ती बृद्ध दम्पती आफ्नो खुशी बलिदान गरे। रामरतन खेत बिक्रि गरी छोरालाई पैसा दिन सहमत भए।  

दिपक आमाबुवालाई भन्दै थिए, ‘हामी भोलि बिहान काठमाडौं जाँदैछौं। तपाईँहरुलाई जतिखेर मन गर्छ आइहाल्नु होला। म मेरो फोन नम्बर र ठेगाना लेखेर दिन्छु। रामरतनले भने, ‘हामी सबैजना सँगै गए हुन्थ्यो, छोरा।’

बिचैमा बुहारी भनिन्, ‘पछि आउनु होला नि। हामी मेरो माइत गएर दुई/चार दिनपछि काठमाडौं फर्किन्छौं।’ छोरा दिपकले पत्नीको कुरामा शीर हल्लाएर सहमति जनाए। 

आज भोलि गर्दै छोराबुहारी काठमाडौं गएको एक वर्ष बितिसकेको थियो। बृद्ध दम्पत्तिलाई काठमाडौं जाने फैसला गर्न कठिन भइरहेको थियो। धेरै वर्ष अघि बुढा–बुढी काठमाडौँ गएका थिए। छतमा जान, बजार जान, कसैसँग कुरा नगर्न जस्ता धेरै खाले नियम लगाईएको थियो। जसकारण गाउँ फर्किन उनीहरु बाध्य भएका थिए। तरपनि, ती बृद्ध दम्पतीको सहारा भनेको दिपक नै थिए। 

अब घरको कामकाज गर्न असजिलो भइरहेको थियो ती बृद्धहरुलाई। अन्त्यमा, काठमाडौं जाने निर्णय गर्न बाध्य भएछन्। भोलि काठमाडौं आउने बारे रामरतनले छोरालाई फोन गरेर जानकारी गराईदिएका थिए। 

वीरगन्जदेखि बिहान चार बजे टाटा सुमो चढेर गएका ती बृद्ध दम्पत्ति बिहान १० बजे काठमाडौंको बल्खु झरेछन्। देहाती भेष भुषामा रोडको छेउमा बसेका दम्पतिको आखाँले भीडमा दिपकलाई खोजिरहेको थियो। सुन्धारा,रत्नपार्क चिच्याईरहेका खलासीले सोध्यो, कहाँ जाने हो बाजे, कहाँ ? रामरतनले भने, ‘मेरो छोरो आउँदैछ। जो बस आउँथ्यो, सोध्थ्यो, र जान्थ्यो।’ दिपक आउने आशामा दिउँसोको ५ बजिसकेको थियो। झोलामा राखेको सातु बाहेक केही खाएका थिएनन् उनीहरुले। 

बिहानदेखि कैयौं पटक ओहोर दोहोर गरिरहेको एउटा बसको खलासीले सोध्यो, तपाईँको छोरा आएनन्? बिहानदेखि यहीँनेर बसिरहेको देखिरहेको छुँ। तपाईँको छोराको फोन नम्बर वा घरको ठेगाना केही छ? रामरतन एउटा कागजको टुक्रा झोलाबाट निकालेर दिएछन्। ती खलासीले धेरै पटक फोन लगाए, दिपकको मोबाइल बन्द थियो। 

पुनस् खलासीले सोध्यो अरू कुनै कागज छ, बाजे? घरको ठेगाना भएकोरु रामरतनलाई छोराले एउटा कागजमा फोन नम्बर र अर्को कागजमा घरको ठेगाना भन्दै दिएका थिए। पत्नीसँग सोधे, त्यो अर्को कागज छ? दुई वटा झोला मद्धे अर्को झोलामा पत्नी खोज्न थालिन्। एउटा अर्को पुरानो कागजको टुक्रामा केही लेखेको जस्तो कागज फेला पर्यो। रामरतनले खलासीलाई कागज दिँदै आग्रहपूर्ण स्वरमा भने, बाबु शायद यसैमा दिपकको ठेगाना होला, कृपया हामीलाई त्यहाँ सम्म पुर्यादईदिनु,तपाईँको धेरै भलो हुन्छ। घर पुगेपछि छोरासँग पैसा दिलाईदिन्छु।

खलासीले त्यो कागज सिधा परेर हेर्योस। केही बोलेन। ऊ भावविह्वल भयो। उसको आँखा रसायो। उसको ओठ काम्न थाल्यो। मुखबाट लवज निस्किरहेको थिएन। बृद्ध दम्पत्तिले खलासीको अनुहार हेरेर आश्चर्यचकित हुँदै सोध्न थाले, ‘के भयो बाबु? ठेगाना छैन? किन यस्तो भयो तिमीलाई? भनन भन। खलासीको आँखामा अश्रुधारा बग्न थाल्यो। खलासीले आफूमा सन्तुलन ल्याउँदै भन्यो, बाजे तपाईँको छोरा दीपकजीले नै लेखर दिएका हुन् यो ठेगाना? तपाईँको आफ्नै छोरा हुन्? रामरतनः हो बाबु के भयो? के लेखेको छ?

खलासीको कुरा सुनेर काठमाडौंको चिसो मौसमा ती बृद्ध दम्पतिको पुरै जिउ पसिनाले सराबोर हुन थालेको थियो। डर लाग्न थालेको थियो। चिन्ता बढ्न थालेको थियो। दुवैजना एकै स्वरमा खलासीलाई भन्न लागे, बताउन बाबु के लेखेको छ? छिटो बताउन? छिटो ? बृद्ध दम्पतिको शारीरिक असन्तुलित भइरहेको थियो।  

खलासी बिचरा दोधारमा पर्यो । कसरी बताऊँ ? के भनौं?यी बृद्धबृद्धालाई। खलासी असमंजसमा पर्यो?। फेरि विचार गर्यो– न बताउँदा पनि हुन्न। बृद्ध दम्पतिलाई आग्रह गर्दै भन्यो, यो कागजमा जे लेखेको छ, त्यो म बताउन गइरहेको छु। पिर न गर्नुहोला। सहन गर्नुहोला। म छु नि। चिन्ता न लिनुहोला। मेरो घरमा म आफूसँगै लिएर जान्छु। 

रामरतन र उनकी धर्मपत्नी सानो स्वरमा भने, भनन बाबु।  केही हुँदैन। अन्त्यमा, खलासीले कागजको टुक्रामा लेखेको शब्दहरु पढिरहेको थियो– ‘यो पत्र पढेर सुनाउने व्यक्तिले कृपया यी बृद्ध दम्पत्तिलाई नजिकको कुनै बृद्धाश्रममा पुर्यापईदिएर सहयोग गर्नुहोला।’

यति सुनेपछि ती बृद्ध दम्पतिको आँखाबाट नदीको बेग समान अश्रुधारा बग्न थाल्यो। समुद्रको लहर समान मुटुभित्र पीडाको उफान उठन थाल्यो। निशब्द भए, स्तब्ध भए, ती बृद्ध दम्पत्ति। छोराको जन्मदेखि आजसम्मको अवस्था फिल्मको रिल चले झैँ मन भित्र चल्न थाल्यो। एकैछिनमा बृद्ध दम्पति एकसाथ सडक पेटीमा ढले। स्वाँस बन्द भयो। खलासीले बृद्ध दम्पतिको जिउ झकझाकाउन थाल्यो। के भयो बाजे? उठ्नुहोस बाजे? खलासी धेरै बेरसम्म रोईरह्यो। कराई रह्यो। तर, रामरतन र उनकी अर्धांगनी उठेनन्। प्राण छुटिसकेको थियो। रामरतन दम्पत्ति परमधाम गइसकेका थिए।   
 

प्रकाशित मिति: : 2020-02-03 05:11:37

प्रतिकृया दिनुहोस्