वडा कार्यालय प्रभावकारी नभएको सेवाग्राहीको आरोप 

सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ का वडाबासीले आफूहरुको वडा कार्यालयको काम प्रभवाकारी नभएको आरोप लगाएका छन्। 

गाउँपालिकाले गर्ने काममा सहजताका लागि स्थापना गरेको वडा कार्यालयहरुले नागरिक मैत्री काम गर्नुपर्नेमा त्यसो नगरिएको स्थानीयहरुले गुनासो गरेका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको सेवादायी र सेवाप्रदायी बीचको अन्तरक्रिया कार्यक्रममा वडाका सरोकारवालाहरुले शिक्षा, स्वास्थ्य, आबास र खाद्य अधिकार समेतको प्रत्याभूती नागरिकले पाउन नसकेको गुनासो गरेका हुन्। 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा राष्ट्रिय आधारभुत विद्यालयमा आयोजित पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा नेकपाका सकिल अहमदले स्थानीय सरकार जनताको काम प्रति उदासिन रहेको गर्नुसो गरे। 

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका प्रतिनिधि तथा वडा सचिव बेचु माझीले  पालिकाले प्रत्येक टोल टोलमा छलफल गरी वडाबाट आफ्ना जनताको आवश्यकता र चाहना अनुरुपका योजनाहरु छनोट गर्दै आएको बताए।

माझी पालिकाले शिक्षा, स्वास्थ्य, आबास र खाद्यलाई प्राथमिकतामा राखी योजना छनौट गरेको जानकारी दिए। उनले योजना छनौट गर्दा शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिने गरिएको बताए। 

कार्यक्रममा राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्याप इसमाईल आलमले वडा र पालिकाले भने जस्तो शिक्षा र स्वास्थ्यमा लगानी नगरेको आरोप लगाए।

आर्थिक, सामजिक तथा सांस्कृतिक अधिकार अन्तर्गत शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा स्थानीय तहको सेवा प्रदानको अवस्था र सेवाग्राहीको आवश्यकता सम्बन्धमा जानकारीको लागि सो कार्यक्रम आयोजना गरिएको थियो।
 
कार्यक्रममा सहभागीहरुले सीमावर्ती क्षेत्रको वडाको बीचमा पायक पर्ने गरि स्वास्थ्य चौकी स्थापना गर्नुपर्ने, स्वास्थ्य केन्द्रमा औषधीको उपलब्धता, उत्पादन र बजारीकरणमा समस्या भएको, शिक्षाको अनुगमन, तालिम पर्याप्त नभएको र केही कार्यक्रम औपचारिकतामा मात्र समित भएको, तालिम लक्षित वर्गसम्म नपुगेको, दलित बस्तीहरुमा सुकुम्बासी समस्या रहेको, मुस्लिम तथा दलितमा छिटो विवाहको समस्या, विषादी परिक्षण प्रविधिको आवश्यकता रहेको र अनुदान पनि लक्षित वर्गसम्म नपुगेको, पशु प्राविधिकहरुको अभाव भएको लगायतका विषयमा जिज्ञासा राखेका थिए।

मानव अधिकार समुह भोक्राहाका उपाध्यक्ष मुर्सिद आलमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा इस्माईल आलमले नरसिंह भोक्राहा नरसिंह गाउँपालिका ८ का वडा अध्यक्ष हातिम अन्सारीले वडामा नबसी आफुखुशी गरेको गुनासो गरे। 

आलमले वडा अध्यक्ष ऋनसारीले कृषि शिक्षा स्वास्थ्य र सुकुम्वासीहरुको समस्या बिषयमा गम्भिर नबनेको कारण नागरिकले स्थानीय सरकारको अनुभूती गर्न नपाएको गुनासो गरे।

 त्यस्तै रियाज आलमले समेत वडा अध्यक्ष निर्वाचित भएको अढाई वर्ष बित्दा समेत एक दिन समेत कार्यालय समय सम्म नबसेको गुनासो सुनाए। 

यस्तैपूर्व प्रहरी मनोज पौडेलले किसानको समस्या समाधानका लागि राज्यले सबै कृषि सामाग्री र औजारमा अनुदान दिनुपर्ने माग गरे। कार्यक्रममा नेकपाका सकिल अहमद, रफिद अन्सारी, मोहम्मद मियाँ , आलम अन्सारी,ताहिर आलम उस्मान लगायतले बोलेका थिए। 

प्रकाशित मिति: : 2020-01-31 05:33:47

प्रतिकृया दिनुहोस्