देवगनको नयाँ चलचित्र ‘मैदान’ को फस्टलुक रिलिज

सिंघम स्टार अजय देवगनको नयाँ चलचित्र ‘मैदान’ को फस्टलुक रिलिज गरिएको छ। 

‘मैदान’ को फस्टलुकलाई उनका फ्यानले मन पराएका छन्। यो चलचित्रमा पहिले अजयको अपोजिट भूमिकामा दक्षिण भारतीय अभिनेत्री कीर्ति सुरेशकाे चयन भएकाे थियाे। तर उनको डेट नमिलेपछि नेशनल अवार्ड विजेता अभिनेत्री प्रियमणिले अभिनयकाे अवसर प्राप्त गरिन्। 

चलचित्र ‘मैदान’ भारतीय फुटबल टिमका कोच सईद अब्दुल रहिमको जीवनमा आधारित छ। अमित शर्माको निर्देशन रहेको ‘मैदान’मा अजय सईद अब्दुल रहिमको भूमिकामा छन्।

चलचित्रको फस्टलुक शेयर गर्दै अजयले रिलिज मिति पनि २२ नेभेम्बर २०२० घोषणा गरेका छन्।

अजयको हालै रिलिज चलचित्र ‘तानाजी द अनसँग वारियर’ले २ सय करोड बढी आम्दानी गरेको छ। चलचित्रको सफलताबाट अजय निकै खुसी छन्। 
 

प्रकाशित मिति: : 2020-01-31 05:26:24

प्रतिकृया दिनुहोस्