धनगढीकी घिमिरेसँग विवाह बन्धनमा बाँधिए सोमपाल

­­­राष्ट्रिय क्रिकेट टिममा अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन्। कामीले ४ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन्।

बिहीबार राजधानीको एक मन्दिरमा कामी र धनगढीकी प्रतिभा घिमिरेबीच विवाह भएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृङ्खलाको तयारीमा रहेको छ।

सोमपालको स्वास्थ्यमा समस्या आएपछि टोलीबाट हटाइएका छ। उनी अहिले आराम गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-01-31 02:35:52

प्रतिकृया दिनुहोस्