ए डिभिजन लिग: साविक विजेता मनाङकाे अपराजित यात्रा कायमै, उक्लियाे तेस्रो स्थानमा

बिएल संवाददाता

काठमाडाै‌ं

शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले अपराजित यात्रा कायम राखेको छ। 

एन्फा कम्ल्पेक्स सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै अपराजित यात्रा कायमै राखेकाे हाे। मनाङको जितमा अन्जन बिष्ट र निशान लिम्बुले एक एक गोल गरे। मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो।

खेलको ४२ औं मिनेटमा अमितको आत्मघाती गोलबाट मनाङले सुरुवाती अग्रता बनाएको थियो।

यस्तै ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए। पहिलो हाफ २–० को अग्रता लिएको मनाङले दोस्रो हाफमा थप एक गोल थप्यो। 

खेलको ७१ औं मिनेटमा निशानले गोल गर्दै मनाङलाई ३–० को सहज जित दिलाए।

जितसँगै मनाङले ९ खेलमा १९ अंक जोडेको छ। मनाङ तेस्रो स्थानमा रहेको छ।

दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबसँग समान अंक भएपनि मनाङ गोल अन्तरमा पछि रहेको छ। शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २० अंक रहेको छ।

पराजित संकटा १२ अंकका साथ आठौं स्थानमा छ।
 

प्रकाशित मिति: : 2020-01-30 06:03:28

प्रतिकृया दिनुहोस्