गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

बिएल संवाददाता

काठमाडाै‌ं

जिल्ला प्रशासन कार्यलय काठमाडौंले गायिका आस्था राउतलाई हिरासतमा राख्न अनुमति दिएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेकी राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

राउतलाई आफन्तले महानगरिय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान हाजिर गराएका थिए। यसअघि उनी आफै प्रहरी कार्यालयमा आएको खन्डमा कारबाहीमा केही लचिलो बन्ने संकेत प्रहरीले दिएको थियो। 

राउतलाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेर प्रहरीलाई गाली गरेकी थिइन्।

प्रकाशित मिति: : 2020-01-28 04:04:35

प्रतिकृया दिनुहोस्