वीरगन्जको नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारीको घर अगाडि भेटिएकाे बम डिस्पोज

वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एमडी बसरूद्दिन अन्सारीको घरमा एकाबिहानै फेला परेको शंकास्पद बस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ। चण्डीप्रसाद गण वीरगन्जबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद बस्तुलाई निष्क्रिय पारेको हो।

पानीट्याङ्की ८ स्थित उनले घरको मुल गेटमा सोमबार बिहान कालो झोलामा शंकास्पद बस्तु फेला परेको थियो। शंकास्पद बस्तु फेला परेसँगै अन्सारीले बम नै हुन सक्ने भन्दै संचार माध्यमलाई जानकारी गराएका थिए्। 

बम डिस्पोजल टोलीले अज्ञात व्यक्तिले भ्रमित पार्न मुल गेटमा कालो झोला भित्र भात र प्रेशरकुकर भित्र बम राखेको जनाएको छ। 

अन्सारी सहित परिवारका अन्य सदस्यहरु घर भित्रै रहेकाले पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरसहितको प्रहरी टोलीले घटनास्थललाई नियन्त्रणमा थियो। घना बस्ती भएको पानीट्याङ्की ८ स्थितमा सवारी अवागमनमा समेत प्रहरीले लगाएको रोक अहिले खुलेको छ। 

लाइभ सीसीटिभी फुटेजले ३ युवाहरुलाई बम राखेकाे स्थानमा देखाएकाे प्रहरी उपरिक्षक राठौरले बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

 

प्रकाशित मिति: : 2020-01-27 23:50:38

प्रतिकृया दिनुहोस्