समाज सेवा गर्ने मानिसको भाव यस्तो हुदोँ रहेछ। न त्यसलाई उमेरले छेक्छ, न अन्य कुराले नै व्यवधान ल्याउदो रहेँछ। यस्तै, कालिकोट जिल्ला महावै गाउँपालिका २ (साविक ओदानकु गाविस) का ३४ वर्षीया युवा कर्णबहादुर सिंह हुन्।
उनी ८ वर्षको हुँदा बाबुले निमोनियाको औषधी नपाएर निधन भयो। १२ वर्षको उमेरमा एक आमा, २ जना दिदिलाई घर व्यवहारमा सघाउन भारतको ऋषिकेशमा उनी मजदुरी गर्न हिँडे।
भारतमै रहँदा उनमा समाज सेवामा लाग्ने साेच उदायो। उनले त्यहीँबाट बिपन्न र गरिब परिवारलाई कसरी स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने सोचे।
‘सानै उमेर बुबा बित्नुभयो। साधारण बिराम थियो। उपचार भएन।’ सिंहले भने, त्यस दिनदेखि गाउँमा रहेका साधारण मानिसको उपचार गर्ने इच्छा जाग्यो।’
सिंहलाई समाजसेवाका लागि आवश्यक पर्ने कुनै साधन थिएन्। नत अध्यायन गर्न उनको आर्थिक अवस्था थियो।
गाउँकै विद्यालयमा ४ कक्षा पढ्दा पढ्दै स्कुल छाडेर मजदुरी गर्न भारत पुगेका सिंहले गढुवाल हिमालयन संस्थामा १३ वर्षको उमेरमा नै जागिर गर्न थाले। त्यहीँबाट समाज सेवा गर्ने सोच भएका कारणले आफूले संस्था दर्ता गरेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए। ‘१३ वर्ष संस्थामा काम गर्दा मेरो इमान्दारीताको कदर गर्दै त्यो संस्था म्यानेजरसम्म बनेँ।’ सिंहले भने, ‘त्यहाँ म्यानेजर बन्दा मेरो गाउँ र गाउँका गरिब दुःखीलाई सम्झिरहेँ।’
भारतमा संस्थाको मेनेजर बनेर नेपालको गाउँमा घर भेटन् आउँदा उनले त्यहाँ असाहय, टुहुरा बालबालिकालाई झोला र कापी, किताब बाड्ने गरेका थिए।
भारतमा सिंहले त्यहाँ पर्यटकहरु बस्ने एउटा रिसोर्टमा काम गरेका थिए। त्यहीँँबाट अमेरिकन पर्यटकहरुसँग राम्राे सम्बन्ध स्थापना भएकाे थियाे। ‘म सानै उमेरमा नै भारतमा काम गर्न हिडेँ।’ उनले भने, ‘त्यहीँ रहदाँ अमेरिकन पर्यटकहरुसँग राम्रो चिनचान भएकाे थियाे।’
स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक काम गर्ने सोच भएका उनले अमेरिकन पर्यटकहरुसँगको सम्बन्धले आफूलाई समाज सेवाका लागि थप हौसला र आर्थिक सहयोग पुगेको बताउछन्। ‘पर्यटकसँगले मलाई उनलाई अमेरिकासम्म पुर्याए।’ उनले भने, ‘म अमेरिका पुगेपनि त्यहाँ बस्न मनले मानेन। गाउँको स्वास्थ्य, शिक्षा उपचार नपाएर बाबुको मृत्यु भएको यादले सताइ रह्यो।’
पछिल्लो समय अमेरिका समेत पुगेका उनलाई गाउँको सेवा भावले छाडेन। ७ महिना अमेरिका बसेर त्यहाँ कमाएको पैसाले गाउँमा आउँदा ओदानकुका ६ सय बालबालिकालाई उनले जकेट, झोला र पन्जा बाडेको स्थानीयबासीहरु बताउँछन्।
अमेरिकाको राम्रो जागिर बसाई छाडेर नेपाल आएका उनले दुर्गममा स्वास्थ्य र शिक्षाको पहुँच पुर्याउने उद्देश्यले सामाजिक संस्था बि.स. २०७० सालमा ‘हिमालयन सेवा समाज’को स्थापना गरे। संस्थाले हाल कालिकोटका २५ हजार मानिसको निःशुल्क औषधी उपचार गरेको छ भने अपाङ्गता भएका १ सय ६१ जनाको औषधी नि:शुल्क कृत्रिम अंगहरु दिएको छ।
गाउँमा संस्था खोलेर केही समय अगाडि ओदानकुका छिमेकी गाविस पाखा, चिलखाया, गेला लगायतका गाविसका वृद्ध, विधवा, टुहुरा बालबालिकाको निः शुल्क औषधी उपचार समेत गर्ने गरेको उनले बताए। ‘सेवा गर्न पाउनु मेरो गर्व हो,’ सिंहले भने, ‘अब कुनै दाता भेटिए जिल्ला भरी काम गर्ने इच्छा थियो।’
अहिले भने सिंहको संस्थाले जिल्लाको स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेको, जिल्ला स्वास्थ्य कार्यालय कालिकोटलाई १ करोड बराबरको औषधी र स्वास्थ्य सम्बन्धी उपरकण, अपङ्गता भएकाहरुलाई कृत्रिम अंग, लगायतका विभिन्न स्वास्थ्य सम्बन्धि काम गरेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कौशल अलिले बताए। ‘सिंहले स्वास्थ्य क्षेत्रमा कालिकोटका जिल्लामा ठुलो योगदान पुर्याउनु भएको छ,’ उनले भने, ‘वहाँले जिल्लाको स्वास्थ्य क्षेत्रमा थुप्रै प्रसंनीय काम गर्नुभएको छ।’
सिंहले ओदानकु गाविसका संस्थाको कार्यालय खोलेर गाउँका दुखी बिरामीको औषधी उपचार गर्नुका साथै विद्यालयमा पढ्ने विद्यार्थीका लागि निःशुल्क अंग्रेजी भाषा कक्षा पढाउने गरेका छन्।
गाउँमा नै स्वास्थ्य संस्था खोलेर सिंहले ४ जना मेडिकल स्टाप समेत राखेर काम गरिहेको रहेको स्थानीय चित्र सिंहले बताए। ‘निकै दुःख पाएका सिंहले अलिहे गाउँमा स्वास्थ्य क्षेत्रमा राम्रो सेवा दिइरहेका छन्,’ उनले भने, ‘गाउँमा सिटामोल समेत नपाइने ठाउँमा निःशुल्क औषधी उपचारको समेत व्यवस्था गरेका छन्।’
बिपन्न, दलित र गरिबको सेवा गरिरहेको संस्था र स्वास्थ्य क्षेत्रमा निकै प्रसंशनीय काम गरेका सिंहलाई सक्दो सहयोग गर्ने जिल्ला समन्वय समिति कालिकोटका योजना अधिकृत पवित्राकुमारी शाहीले बताइन्।
सिंहले संचालनमा ल्याएको स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर, ल्यावको समेत व्यवस्था रहेको छ।