ला लिगा: एट्लेटिको मड्रिड बराबरीमा रोकियाे

एट्लेटिको मड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा आइतबार भएको खेलमा एट्लेटिको १० खेलाडीमा सिमित लेगानेससँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलको ९० औं मिनेटमा इभानले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लेगानेस १० खेलाडीमा समेटिएको थियो।

लेगानेससँगको बराबरीसँगै एट्लेटिकोले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

२१ खेलमा ३६ अंक जोडेको एट्लेटिको चौंथो स्थानमा रहेको छ।

लेगानेस १५ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-27 10:43:54

प्रतिकृया दिनुहोस्