दोलखामा त्यत्रो हिउँ पर्दा पनि हिउँ खेलेको दृष्य देख्न पाईएन। कालिञ्चोक कुरिका घरहरू पुरिन लागेको दृष्य सामाजिक सञ्जाल तिर देखियो मान्छे देख्न सकिएन।
भिजिट नेपालले त्यो तस्विर कसरी फेला पार्यो भन्ने उत्सुकता लाग्यो। त्यति राम्रो सुन्दर दोलखामा किन पर्यटकको भीड नदेखिएको होला। केही कमजोरीहरु सुधार्ने पो हो कि?
यातायातको महङ्गी, होटल ब्यवसायीको मनोमानीका विषयमा पहिले पनि चर्चा चलेको थियो। मनोमानी गर्ने पर्यटक भड्काउने ब्यवसायीलाई कानुनले कठालो समायो त?
दोलखामा केही मानवीय त्रूटिहरु भए पनि प्राकृतिक रुपमा सम्झौदा दुखेसो पोख्नुपर्ने कुनै विषय छैन। यहाँको रितिरिवाज,चाडपर्व धार्मिक स्थल अन्य जिल्लाको भन्दा पक्कै पनि फरक छ त्यसैले त दोलखाको छुट्टै पहिचान छ।
यति धेरै सुन्दरता भएर पनि दोलखा गुमनाम छ। राजधानीको डङ्गुरले चर्चा पाउँछ। तर, दोलखाको मनमोहक प्राकृतिक दृष्य स्थलगत अवलोकनले कहिले पनि स्थान पाउदैन। दोलखालाई फिलिम नगरी बनाउने हल्ला पनि गुमनाम भयो। संसारको सबैभन्दा ठूलो फिलिमनगरी बनाउने सपना बाडेका नेताहरु जनताको भारी मत पाई चुनाव जितेर संसारका कति वटा देश घुमिसके फिलिमनगरीको आश्वसन पाएका जनता ट्वाल्ल परेका छन्।
दोलखा नेपालको प्रदेश नम्बर तीन अन्तर्गत जनकपुर अञ्चलको उत्तरी पहाडी जिल्ला हो। यो जिल्ला नेपालको मान चित्रमा २७० २८'' उत्तरदेखि २८० ००" उत्तरी अक्षांश र ८५० ५०" पूर्वदेखि ८६० ३२" पूर्वी देशान्तरसम्म फैलिएको छ।
कूल २१९१ वर्ग कि।मी। क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा सोलुखुम्बु र रामेछाप पश्चिममा सिन्धुपाल्चोक, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्वत र दक्षिणमा रामेछाप पर्छ।
नेपालको राजधानी काठमाडौंबाट १३३ कि। मी। पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो। समुद्र सतहदेखि ७६२ मी। (सितली) उचाइदेखि ७१३४ (गौरीशंकर) सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।
प्रकृतिको बयान गर्न दोलखा जानैपर्छ। प्रकृतिको अनुपम उपहार मध्ये दोलखा एक हो। भौगोलिक हिसाबले हिमाल, पहाड र तराईमा वर्गिकरण गरे पनि मौसमको हिसाबले दोलखाको ‘पहाड’ भित्र नै यी हिमाल-पहाड र तराई भेट्ने गर्छु।
कोसी बग्ने ठाउँमा असाध्यै गर्मी बिच भाग तिर ठिकै हावापानी र अझै उच्च भेगमा पुगेपछि असाध्यै जाडो हुनुको साथै हिउँपर्छ।
नेपालको अधिकांश जिल्लाहरु घुम्न बाँकी नै छ। पहिलो कुरा त आफ्नै जिल्लामा भएको राम्रा कुराको प्रचार प्रसार किन नगर्ने। हामीलाई दुनियाँको कुरा काटेर बस्ने फुर्सद हुन्छ। तर, राम्रा कुराको वर्णन गर्न हामीलाई असहज लाग्छ। यसै कारण दोलखा गुमनाम भएको हो।
अन्य देशको पर्यटन प्रवर्दशमा त्यहाँको नागरिकले विभिन्न ठाउँमा गएका तस्विरहरू टाँसिरहेका हुन्छन्। हामी भने राम्रा कुरा छाडेर पार्टीको विरोध राजनीतिक छिनाझपडीका कुरामा ब्यस्त हुन्छौं। जुन नागरिकले पहुँचभन्दा परको कुरा हो।
गल्लीका पसल चोकहरुमा राजनीतिक गफगाफ हुन्छ। तर, यति राम्रा कुराको प्रचार प्रसार कहिल्यै हुँदैन।
बरू फूलमालाले आँखा बन्द भएको तस्वीर पोष्ट गर्न हतार हुन्छ। तर, आफ्नै ठाउँको प्राकृतिक सुन्दर स्थलहरुको विषयमा बोल्न रूचाउँदैनौं।
हाम्रै गल्ती भईरहेको छ। यसरी नै हरेक जिल्लाहरू दोलखा झै गुमनाम भएका छन्।
वरपरका राम्रा विषयलाई सधै छायाँमा पार्ने भूमिका हाम्रो हो। हामीले खुलेर आफ्नो जिल्लाको बारेमा कहिल्यै वर्णन गरेनौं। बरू विदेशी दोलखा पुगेर ‘वाऊ भेरी ब्यूटीफूल दोलखा’ भन्दा त्यति बेला हो र दोलखा त्यति सुन्दर रहेछ भनेर लाज पचाउन पछि परेनौं होला।
यहाँ के छैन जुन कुरा हेर्दा आनन्द नआओस् यहाँका प्रशिद्ध स्थलहरु एसियाको स्वीजरल्याण्ड भनेर चिनिने सुन्दर जिरी, च्छो(रोल्पा हिमताल, कालिन्चोक भगवती मन्दिर, दोलखा भिमसेन टासी गुम्बा, शैलुङ्ग सय थुम्का डाँडा, देउलाङ्गेश्वर महादेव, रोल्वालिङ उपत्यका बहुलापोखरालगायत अन्य धेरै सफा सुन्दर ठाउँहरू छन् दोलखामा। जुन ठाउँ देखेपछि पर्यटकहरु खुब लोभिन्छन्।
पर्यटक आउनु देशको लागि राम्रो कुरा र नेपाल पर्यटकीय सम्भावना बोकेको राष्ट्रसमेत हो।
सगरमाथा, लुम्बिनी, जनकपुर, पशुपति, बौद्धस्तुपालगायत अन्य दर्जनौंभन्दा बढी धार्मिक मठ मन्दिर, स्थलहरू विश्वसम्पदा सूचिमा दर्ज भएका छन्।
तर, यस्ता चर्चित ठाउँ भएर पनि दोलखामा विभिन्न कारण नेपालले उलेख्य मात्रामा पर्यटन भित्र्याउन सकेन।
विशेषत लामो समयदेखो राजनीतिक अस्थिरता नै हो। अब भने यो पर्यटन प्रवर्दनको सम्भावना पुरा गर्ने एउटा सुनैलो अवसर पाएको छ।
विश्व सम्पदा सूचिमा नेपालका कुनकुन धार्मिक मठ, मन्दिर र स्थलहरु छन्। के तिनी सबैमा पर्यटक भरिभराउ छ तरु किन गुमनाम छन् यी सम्पदाहरू।
विकिपिडियाका अनुसारस् संयुक्त राष्ट्र संघीय अङ्ग युनिस्कोद्वारा बहुमूल्य सम्पदाका रूपमा सूचिकृत विश्वका स्मारक र स्थानलाई युनिस्को विश्व सम्पदा क्षेत्र भनिन्छ।
युनिस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने ९जस्तै वन, पहाड, ताल, द्वीप, मरूभूमि, स्मारक, भवन, वा शहर० धरोहरलाई सूचीबद्ध गर्नेगर्छ। जसलाई विश्व सम्पदा समिति र युनेस्कोले रेखदेख गर्नेछ।
यस कार्यक्रमको उद्देश्य विश्वको यस्तो स्थलहरुलाई सूचीबद्ध गर्ने तथा संरक्षित गर्ने हुन्छ जुन विश्व संस्कृतिको दृष्टिले मानवताको लागि महत्वपूर्ण हुन्छ । केहि खास परिस्थितिमा यस्तो सम्पदाहरुलाई यस समिति द्वारा आर्थिक सहयोग पनि प्रदान गर्ने गरिन्छ । सन् २०१३ सम्ममा १६० राष्ट्रका ९८१ क्षेत्रलाई विश्व सम्पदाका रूपमा सूचीकृत गरिएको छ जसमा ७५९ सांस्कृतिक, १९३ प्राकृतिक र २९ मिश्रत रहेका छन् ।
प्रत्येक सम्पदा क्षेत्र त्यस देशको विशेष सम्पति हुन्छ, जुन देशमा त्यो स्थल रहेको हुन्छ तर अन्तर्राष्ट्रिय समुदायको हितमा पनि यहि बेश हुन्छ कि आउने पिढीलाई तथा मनावताको हितको लागि पनि यस्ता विशेष सम्पदाको संरक्षण गरियोस । तथापि पुरै विश्व समुदायलाई यसको संरक्षणको जिम्मेवारी रहन्छ।
जति विश्वसम्पदा सुचिमा सुचिकृत छन तिनिहरु बाहेक अन्य ठाउँ पनि सुचिकृत हुने धेरै सम्भावना छ नेपालको हरेक जिल्लाहरुले केहि नयाँ विशेषता बोकेको छ।दोलखाको जिरी लाई जसरी स्विजरल्याण्ड नामाकरण गरिएको छ जति यो सुन्दर छ त्यतिमात्रामा यसको सुन्दरताको वर्णन गर्न कन्जुस्याई गरेका छोैँ।
कुनै एउटा चर्चित ब्यक्तित्वलाई ल्याएर टेलिभिजन पत्रपत्रिका मा देखाउँदैमा पर्यटनमा उथुलपुथुल भैहाल्दैन् ।हामी एउटा नागरिकले के गर्न सक्छोैँ आ(आफ्नो ठाउँबाट हामी आफैँ एम्बास्टरको रुपमा प्रचार गर्न सक्छोैँ।यस्तो स्वर्ग जस्तो ठाउँको प्रचार गर्न जबरजस्त करोैडोै लगानि गरि एउटा चर्चित हिरो हिरोईन को जरुरी पर्दैन स्वगर्को बयान गरिरहनु जरुरी छैन तर देखाउनु चाहिँ अनिवार्य पर्छ।
मैले स्वर्ग देखे भन्दैमा सासत स्वर्ग खोजि गर्दै हिड्नु पर्दैन। स्वर्ग भनेको जहाँ सोचे भन्दा बढि मनलाई आनन्द दिन सकिन्छ त्यो नै स्वर्ग हो।
आज दोलखाको बर्णन गरिरहदा दोलखा यहाँ विभिन्न धार्मिक स्थलहरु छन भिमेश्वर मन्दिर कालिञ्चोक भगवती लगायत सयथुम्का शैलुङ्ग पनि दोलखा मा पर्दछ।शैलुङ्गमा हिउंद र वर्षातको समयमा ति थुम्काहरु फरक देखिन्छन्।यि दृष्यले नलोभिने कोहि हुदैन त्यति रोमाञ्चित बनाउँदछ। विदेशी पर्यटकको आगमन भए पनि जतिको भिड हुनु पर्थ्यो त्यो भने अवश्य कम छ कारण आधारभुत कुराहरुकै अभाव हो।
त्यति मात्र हैन यहाँ फुलेका गुराँसहरुले प्रकृतिलाई बेहुली झै सिङ्गारेको हुन्छ।एउटा सुन्दरीलाई नारीलाई बेहुलीहुदा जसरी श्रृङ्गार गरिन्छ शैलुङ्गको सुन्दर फुल यहाँको परिवर्तित मोैसम यहाँको चोैँडी गाई डाँफे मयूर अन्य चराचुरुङ्गिको मधुर धुनले साच्चै स्वर्गको आभाष दिलाउँछ। यसपाली राजधानीको साथीहरु शैलुङ्ग घुम्न गएछन तस्विरहरु पोष्ट गरे साच्चै नजिकको तिर्थ हेला भने जस्तै दोलखा यस अगाडी मैले त्यति राम्रो थियो र भनेर सोचे।
अरुले लगाएको खाएको सबै राम्रो हुदो रहेछ। जब साथीहरुले मलाई ईनबक्समा म तपाईको जिल्ला घुमेर फर्किए अति राम्रो कति सुन्दर ठाउँ भनेर आफ्नै ठाउँको बारेमा वर्णन गर्नु भयो मलाई त्यति खेर अहो१पुरै मायाले उथुलपुथुल बनायो। पश्चाताप लाग्यो किनकी मैले यस अगाडी आफ्नै अगाडीको स्वर्ग देखिन।
मेरो होस् खुल्यो चेत आयो अनि बल्ल वर्णन गर्न उत्रिए। मलाई मात्र हैन मेरो ब्यवस्थापकिय स्थरमा पनि कुनै देशको पाहुना आएर वाहवाहि गर्दियो भने चेत खुल्छ। नत्र जतिसुकै स्वर्ग भए पनि हामी नर्कको नै वर्णन गरेर समय विताउने राष्टिय रोग नै हो।
अमेरिका अष्ट्रेलिया क्यानडाका पहाडको चर्चा गर्ने हामी सर्वोच्च शिखर सगरमाथाको वर्णन गर्न किन हिचकिचावट गर्छोै। विदेशमा बुद्धको कत्रो सम्मान हुन्छ हामी बुद्ध जन्मेका मान्छे बुद्धको प्रचार गर्न सक्दैनोैँ। एउटा मन्दिरमा राखेको बुद्धको सानो मुर्तिलाई साक्षत भगवान भेटे जसरी प्रचार।गर्छन हामी दक्षिण एसियाकै सबै भन्दा ठुलो शिवको मुर्तिको बारेमा एक शब्द बोल्दैनोै। स्वयम्भूमा बोैद्धमा ठडिएको विशाल मुर्तिको पनि चर्चा गर्दैनोै।
हामी र हाम्रा नेता ब्यबस्थापकिय केन्द्रिय स्थरमा पहुँच हुनेहरु विदेश गएर ठुलो भवनको अगाडी डिच्च दात देखाँदै सामाजिक सञ्जालमा फोटो पोस्ट्याउँछन तर च्छोरोल्पाको छेउमा उभिएर स्वर्गको अनुभुत गर्दै गरेको फोटो अपलोड गर्न कन्जुस्याई गर्छन।यूरोप अमेरिकामा हिउँ खेल्दै गरेको तस्विर हिउँ होकि हैन जस्तो देखिदा पनि फिलिङ फनि भन्दै पोष्ट्याउने हरुले दोलखाको कालिञ्चोक लगायत अन्य हिमाली जिल्लाहरुमा हिउँले घरहरु छ्याप्पै छोपिदाको सुन्दरता पनि नजरअन्दाज गर्न सक्दैनन् ।
हो मैले यो लेखे लेखिरहँदा एक जना मित्र दोलखा कालिन्ञचोक जानुभएको रहेछ।म पनि कालिञ्चोक पुगिसकेको, छु तर लामो समय देखि म जान पाएको छुईनँ। तर, सम्झना भने घुमेको देखेको चिजहरुको सदावहार आईरहन्छ।
मलाई विदेशका पहाडहरु देख्दा मेरो दोलखा जस्तै लाग्छ। फेरि दोलखा मात्र स्वर्ग अरु जिल्ला नराम्रो भन्न खोजिएको भने होईन। यति बेला म दोलखाको विषयमा लेखिरहेको छु।अन्य जिल्लाहरु पनि उत्तिकै सुन्दर छन्।तर सुन्दर छन छैनन् थाहाँ हुदैन त्यसलै मैले आज आफ्नो जिल्दा दोलखाको विषयमा प्रचार गरे यसै गरि सबैले आ(आफ्नो ठाउँबाट प्रचार गर्दै जाने हो भने धेरै स्वर्गहरु नेपालमा भेटिन्छन्।जसमध्य मलाई कालिन्चोक भगवती मन्दिर जादाँको मनोमहक दृष्य अगाडी ठिङ्ग उभिएको छ। गोैरिशंकर हिमाल नजिक बाट नियाल्दा साच्चै स्वर्गको अनुभुत हुन्छ।नेपालक सबै भन्दा ठुलो ताल च्छोरोल्पा हिमताल प्रकृतिले हामीलाई दिनु पर्ने सबै कुरा दिएको छ। हामी भाग्यमानी नेपाली होैँ। खाडी मरुभुमी दिएको राष्टहरु आर्टिफिसियली नेचुरल भन्दा कम छैनन् तर कहाँ प्राकृतिक कहाँ आर्टिफिसियल तुलना गर्ने मिल्दैन।
जब कालिञ्चोको डाँडामा पुगिन्छ त्यतिबेला लाग्छ कि म संसारको अग्लो ठाउँमा छु यो समुन्द्र सतह देखि ३८४२ मिटर उचाईमा छ।
विहानीको दृष्य देख्दा साच्चैँ वर्णन गरिसाध्य छैन सगरमाथाको टुप्पोमा पुगे जस्तो भान हुन्छ संसार नै त्यहि डाँडा बाट देखिएला जस्तो महशुस हुन्छ। मोैसमको परिवर्तनको कारण कहिले घाम कहिले वादल गोैरी र शंकरले एक अर्काको अनुहार हेरेर बसेजस्तो मायामा डुबेर बसेजस्तो मनोमोहक लोभलाग्दो दृष्य विरलै देख्न पाईन्छ। घाम लागेको बेलाको दृष्य अगाडी गोैरिशंकर हिमाल टल्केको हिउको थुप्रो सलल बग्दै गरेका नदिहरु गरम दृष्य हेर्न यहाँ एक पटक आउनै पर्ने हुन्छ।
जसरी शब्दमा वर्णन गरे त्यो केहि भाग मात्र हो। एउटा डाँडामा उभिएर चार दिशा फर्किए मात्र पनि आधा संसार देखेजस्तो महशुस हुन्छ।
कुनै यस्तो दृष्य होस् जसले मनलाई दुखि बनाओस् हरप्रहर मानिसलाई खुसि दिन दोलखा तटस्थ छ। विहानीको दृष्य होस् वा गधुलीको मानिसको मनमा चरम आनन्द दिन्छ।
चरिकोट बाट केहि बर्ष अगि सम्म विदेशी पर्यटकहरु पैदल यात्रामा जान्थे अहिले यातयातको ब्यबस्था छ चरिकोट बाट कालिञ्चोक सम्म यातयातको ब्यवस्था छ। जब कुरी बजार पुगिन्छ। कालिञ्चोक सँग जोडीने कुरी बजार उत्तिकै प्रशिद्ध ठाउँ हो।
पर्यटकहरुलाई सेवा दिन र स्वागत गर्न तमतयार भईबसेका हुन्छन।चोैँडीको छुर्पि कुरिको बजारको सबै भन्दा पहिला सम्झनामा आउँछ।
कुरिबजार बाट मन्दिर पुग्न निकै समय लाग्थ्यो। ठाडैँ उकालो भिमकाय भिरको बाटो हुदै स्वाँ स्वाँ गर्दै मन्दिरमा पुगिन्थ्यो।
अहिले केवलकारले एक छिनमा सररर दृष्य हेर्दा हेर्दै मन्दिर पुगेको पत्तो पाईदैन।यसकारण पनि दोलखा जिल्ला एक पटक नपुगि स्वर्गको अनुभूती हुन्न भन्ने लाग्छ।
हामी पहिला आफ्नो देश घुम्ने सोच बनाओैँ धमिलो नुनिलो फोहोर समुन्द्रमा उभिएर खिचिको फोटो हाल्न सक्ने हामी आफ्नो प्रकृतिलाई किन अपहेलना गरिरहेका छोैँ ।
सरकारको मात्र पहुँच नपुग्न सक्छ हामी सरकारलाई प्रचारप्रसार गरेर सहयोग गर्न सक्छोैँ हामी पनि हाम्रो ठाउँको जिम्मेवारी नागरिक होैँ र बन्नु पर्छ। सबैले आ-आफ्नो ठाउँबाट भव्य प्रसार गरोैँ पर्यटक प्रवर्दनमा सहयोग पुर्याउँ।