चलचित्र ‘के घर के डेरा’मा दयाहाङ, विपिन र रविन्द्र झा

बिएल संवाददाता

काठमाडाै‌ं

चलचित्र ‘के घर के डेरा’ बन्ने भएको छ। निर्देशक सुव्रतराज आचार्यले चलचित्र निर्देशन गर्न लागेका हुन्।

सामाजिक बिषयमा बन्न लागेको यो चलचित्रमा सिंगे लामाको प्रस्तुति छ। उनले यसअघि चलचित्र ‘जात्रा, हरि र जात्रै जात्रा’ निर्माण गरेका थिए।

चलचित्रमा नायक दयाहाङ राई, विपिन कार्की र कलाकार रविन्द्र झाको मुख्य भूमिका रहनेछ। चलचित्रको छायांकन चैत्रबाट सुरु हुने निर्माणपक्षले जनाएको छ। 

शरद श्रेष्ठ र किरण महर्जन चलचित्रका निर्माता हुन्। चलचित्रको छायांकन काठमाडामौं गर्ने तयारी गरिएको छ। 

दिर्घ गुरुङको छायांकन रहने यो चलचित्रमा शंकर थापाले संगीत तयार पारेका छन्। चलचित्रका लागि नायिकाको खोजी भैरहेको छ। 

प्रकाशित मिति: : 2020-01-25 05:01:40

प्रतिकृया दिनुहोस्