‘दि कर्मा’को साना साना सपना सार्वजनिक

बिएल संवाददाता

काठमाडाै‌ं

माघको १७ गतेबाट रिलिज हुने चलचित्र ‘दि कर्मा’मा समावेश ‘साना साना सपना’ बोलको गीत रिलिज गरिएको छ। 

यो गीतको भिडियोमा चलचित्रका कलाकार जय राज राय र संगीता नापितलाई फिचरिङ गरिएको छ। रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा जय र संगीताको प्रेमभाव प्रस्तुत गरिएको छ।

गीतमा केतन क्षेत्रीको स्वर, मानस विक्रम थापा र अंकितबाबु अधिकारीको संगीत, मानसकै शब्द छ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्रले भारत र नेपालको बोर्डरमा हुने अपराधिक घटनाको कथालाई प्रस्तुत गर्छ। जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जयराज राय हुन्।

उनी आफैले लेखेको चलचित्रमा श्रीदेव बीएल र निशा खतिवडाको लगानी छ भने शारदा खड्का यसको सह–निर्माता हुन्। चलचित्रमा परमिता आरएल राणा, करण वर्मा, नीता ढुंगाना, वुद्दि तामाङ, अनुप सक्सेना लगायतका कलाकारको मुख्य भूमिका छ।

प्रकाशित मिति: : 2020-01-25 04:55:49

प्रतिकृया दिनुहोस्