वर्नलीसँग म्यान्चेष्टर युनाइटेड पराजित

वर्नलीले इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेडलाई हराएको छ।

बुधबार राति भएको खेलमा वर्नलीले युनाइटेडलाई २–० गोल अन्तरले हराएको हो। ३९ औं मिनेटमा क्रिस उडले गोल गर्दै वर्नलीलाई सुरुवाती अग्रता दिलाए। ५६ औ मिनेटमा जय रोड्रिग्वेजले अग्रतालाई दोब्बर बनाए।

युनाइटेड मुख्य फरवार्ड मार्कुस रासफोर्ड बिना मैदानमा थियो। उनी चोटका कारण अनुपस्थित थिए।

पछिल्लो हारले प्रशिक्षक आले गुनर सोल्सायरमाथि दबाब थपिएको हो। युनाइटेडले तालिकामा स्थान सुधार गर्ने मौका समेत गुमाएको छ।

पछिल्लो हारले युनाइटेड चौथो स्थानको चेल्सी भन्दा ६ अंकले पछाडी परेको छ। वर्नली ३० अंक सहित तालिकाको १३ औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-23 19:41:52

प्रतिकृया दिनुहोस्