भारतद्धारा अन्तरिक्षमा पठाउने ‘ह्युमनोइड’ रोबर्ट सार्वजनिक, अनुहार महिला जस्तै

भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले मानवरहित अन्तरिक्ष मिशन ‘गगनयान’ मा पठाउने ‘ह्युमनोइड व्योममित्रा’ को भिडियो बुधबार सार्वजनिक गरेको छ। 

भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले मानवरहित अन्तरिक्ष मिशन ‘गगनयान’ मा पठाउने ‘ह्युमनोइड व्योममित्रा’ को भिडियो बुधबार सार्वजनिक गरेको छ। 

इसरोका बैज्ञानिक श्याम दयालले भनेका छन्, अन्तरिक्षमा पठाउन लागेको ह्युमनोइडले मानव जस्तै व्यवहार गर्छ। ‘उसले हामीलाई रिपोर्ट पठाउने छ। यसलाई हामीले प्रयोगका लागि पठाउन लागेका हाैं,’ उनले भने। सन् १९८४ मा राकेश शर्मा रुसको अन्तरिक्ष यानमा बसेर अन्तरिक्ष पुगेका थिए। यसपालि भारतीय अन्तरिक्ष यात्री भारतीय अन्तरिक्ष यानमै बसेर अन्तरिक्षमा जादैछन्। 

इसरो प्रमुख सिवनले भने, ‘गगनयानको अन्तिम मिशनभन्दा अगाडि डिसेम्बर २०२० र जुलाई २०२१ मा अन्तरिक्षमा मानव जस्तै रोबट पठाइने छ। यो मानव जस्तै देखिने ह्युमनोइड रोबट हुनेछ। अन्य देशले यस्तो मिशनमा जनावर पठाएको छ। ह्युमनोइडले शरीरको तापमान र ढुकढुकीको परीक्षण गर्नेछ।’ 

सिवनले गगनयान मिशनका लागि जनवरीको अन्त्यमा छानिएका ४ अन्तरिक्ष यात्रीलाई रुस पठाइने बताए। ‘गगनयान मिशन मानवलाई अन्तरिक्षमा पठाउने योजना मात्र होइन, यसले हामीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहयोग जुटाउन मद्धत गर्नेछ,’ उनले भने। 

गगनयान मानव मिशनमा ३ यात्रु 

२०२२ मा इसरो मानव मिशन गगनयान लञ्च गर्दैछ। यसमा तीन जना अन्तरिक्ष यात्रु हुनेछन्। जसमा कुनै महिला सदस्य नहुने बताइएकाे छ। मानव मिशनभन्दा अगाडि महिलाको अनुहार भएको ह्युमनोइडलाई इसरोले तयार पारेको हो। जसलाई व्योममित्रा नाम दिइएको छ। इसोरो प्रमुख सिवनले भने, ‘ह्युमनोइड लगभग तयारी अवस्थामा छ। यसलाई मानव मिशनमा पठाउँदा सुरक्षित पृथ्वीमा उतार्ने पनि हाम्रो योजना हुनेछ।’ 

के हो ह्युमनोइड?

ह्युमनोइड एक प्रकारको रोबट हो, जो मानव जस्तै हिड्न–डुल्न सक्छ। यसले मानवीय हाउभाउ पनि बुझ्छ। ‘आर्टिफिशियल इन्टेलिजेन्स’ को प्रोग्रामिङका कारण यसले प्रश्नको जवाफ पनि दिन्छ।
 

प्रकाशित मिति: : 2020-01-23 06:18:24

प्रतिकृया दिनुहोस्