अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का

माघ ७ को भाका कटेपछि मन्त्रालयले खाता रोक्का गर्न पत्रचार गरेकाे हाे।

बिएल संवाददाता

काठमाडाै‌ं

अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरिएको छ।

उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्राचार गरिएको हो।  जनाएको छ। साथै मन्त्रालयका अनुसार उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजश्व विभाग पनि प्रत्रचार गरिएको छ।

माइतीघरमा आन्दोलन गरेका किसानलाई यसअघि सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाएका थिए।  पुस १३ गते गृह मन्त्रालयलाई उद्योगी सम्पर्कमा ल्याईदिन गरेको पत्राचारपछि मिल सञ्चालक राकेश कुमार मन्त्रालय आएर लिखित प्रतिबद्धता जनाएका थिए। उनले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाउनु पर्ने थियो।

यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा अग्रवालले जनाएका थिए। तर माघ ७ को भाका कटेपछि मन्त्रालयले अग्रवालको खाता रोक्का गर्न पत्रचार गरेको हो । 

किसान प्रतिनिधिले अन्नपूर्ण सुगर मिलको वक्यौता ४० करोड रहेको दावी गरे पनि उद्योगीले भने २५/२६ करोड रुपैयाँ मात्रै रहेको बताएका थिए।

 

प्रकाशित मिति: : 2020-01-23 04:55:21

प्रतिकृया दिनुहोस्