शाही पद र जिम्मेवारी छाडेका ह्यारी श्रीमती मेगनसँग नयाँ जीवन बिताउन क्यानडा पुगे

गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गरेसँगै बेलायती राजकुमार ह्यारी क्यानडा पुगेका छन्। ह्यारी क्यानडामा रहेकी उनकी श्रीमती द डचेज अफ ससेक्स मेगनसँग नयाँ जीवन बिताउन मङ्गलबार त्यहाँ पुगेका हुन्। 

आइतबार लण्डनमा भएको एक कार्यक्रम गरेको सम्बोधनको क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताएका थिए।

राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले आस्था वा निष्ठाको निर्णय लिएको उनको भनाइ थियो । 

मेगन छोरा आर्चीसँगै यस पहिल्यैदेखि क्यानडामा रहँदै आएकीछन्। उनीहरूले क्यानडा र बेलायतमा गरी समय बिताउने बताएका छन्। त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ।

आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको बताउँदै ह्यारीले भने,'बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो, यो कहिले पनि परिवर्तन हुने छैन।'

द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २‍.४ मिलियन पाउण्ड फिर्ता गर्ने इच्छा देखाएका छन्। तर फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ।
 

प्रकाशित मिति: : 2020-01-22 21:24:26

प्रतिकृया दिनुहोस्