बगदादमा फेरि अमेरिकी दूतावास क्षेत्रमा रकेट लञ्चर प्रहार

एएफपी

बगदाद

इराकको राजधानी बगदादमा ठूलो सुरक्षा कवजमा रहेको ग्रीन जोनस्थित अमेरिकी दूतावासमा पुनः तीन वटा रकेट लञ्चर प्रहार भएको छ। 

घटनामा मानवीय क्षति नभएको बताइएको छ। रकेट लञ्चर प्रहार भएलगत्तै यस क्षेत्रमा साइरनको आवाज सुनिएको थियो। ग्रीन जोन क्षेत्र मध्य बगदादमा पर्छ। जहाँ सरकारी भवन र विदेशी दूतावास रहेको छ। 

अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीलाई बगदाद विमानस्थलमा ड्रोन हमलामा मारेपछि दुई देशको सम्बन्ध निकै चिसिएको छ।

इरानले बदलास्वरुप यसअघि दुई पल्ट इराकमा रहेको अमेरिकी दूतावास क्षेत्रमा मिसाइल झारिसकेको छ। 
 

प्रकाशित मिति: : 2020-01-21 23:10:39

प्रतिकृया दिनुहोस्