नेकपाको सचिवालय बैठक शुरु 

सभामुखको उम्मेदवार चयन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बोलाइएको बैठकमा सभामुखको उम्मेदवार चयन गर्नेलगायत विषयमा छलफल भइरहेको छ।

आइतबारको सचिवालय बैठकअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सो विषयमा परामर्श भएको थियो।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन नेकपा सचिवालयको यसअघिको बैठकले आग्रह गरिसकेको थियो। सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा बराम्बरता बैठक स्थगित हुँदै आएको छ। 

प्रकाशित मिति: : 2020-01-20 06:02:10

प्रतिकृया दिनुहोस्