हामीकहाँ गाडीमा कुद्ने सडक धेरैको छैन। कम्तिमा आधा जनसंख्या पैदलै हिँड्छन्। यो हिँडेरै छिचोलिने सहर हो। बीस किलोमिटर हिँडे दैनिक गन्तव्यमा पुगिन्छ।
यस्तै एक सहर हाे मध्यपुर ठिमी। यहाँ हिड्ने गरे साँस्कृतिक सम्पदामा सरोबरी हुन पाइन्छ। हिँड्नेहरू धेरै छन्। जति धेरै, बाटो उति कम। कम बाटो, बढी मिचाइ छ। जति मिचाइ, उति सवारीको किचाइ पनि छ। अनि बाध्य भएर फुटपाथमा तीव्र गतिमा हुँइकिने गाडीको छेवैबाट हिँड्नुको विकल्प पनि छैन बटुवासँग।
यहाँकाे फुटपाथमा मान्छे विरलै हिँड्छन्। हिँड्न नचाहेर पनि हो। त्योभन्दा बढ्ता हिँड्न लायकै नभएर हाे। यहाँकाे फुटपाथमा थरीथरी अवरोध छन्।
फुटपाथ यति साँघुरा छन्, दुई जना हात समातेर हिँड्न मिल्दैन। मुख्य सडक फराकिलो पार्दा हिँड्ने बाटो मिचिएको छ। धेरैजसो एक मिटर चौडा छन्। कति त आधा मिटर। यस्तोमा फुटपाथ छ भनेर के गर्नु? कुम जुध्छ जुध्छ, खुट्टा टेक्ने ठाउँधरि पाइन्न। अटेसमटेस हिँड्नुभन्दा गाडीकै छेउ लागेर फटाफट हिँडनु पर्छ। यात्रा निक्कै जोखिमपूर्ण बनिरहेको छ।
मध्यपुर ठिमी ऐतिहासिक सहरमा नेपाल सरकारले राष्ट्रिय परियोजना निर्माण गर्ने कार्य सुरु गरिएको छ। यहाँ काठमाडौं–तराई (मधेस) द्रुतमार्ग (फास्ट ट्रयाक)सँगै १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ, नयाँ स्याटालाइट सहर, बाग्मती कोरिडोर, काठमाडौं तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालन हुने रणनीति तय भएको छ।
यही सरकारी आयोजनाहरुलाई मूर्तरुप दिन प्रहरी प्रशासन लागेर व्यवस्थित सहरलाई अव्यवस्थित बनाउँदै आएका छन्। कहिले सडक फराकिलो पार्ने भन्दै बुलडोजर लगाइएको छ त कहिले जनतालाई दुःख दिने हिसावले जनतालाई सुसूचित नगाइकन सडकपेटि निमार्ण गरिएको छ।
डोजर नलगाअाेस पनि किन? नेपाल सडक मापदण्ड २०७० ले पैदलयात्रुको चापअनुसार फुटपाथको चौडाइ निर्धारण जाे गरेको छ। १५ मिनेटभित्र पाँचसम्म मानिस आवतजावत गर्ने फुटपाथमा १ दशमलव ५ मिटर, पाँच सयदेखि १५ सयजना हिँड्ने ठाउँमा २ मिटर, १५ सयदेखि २५ सयजना हिँड्ने ठाउँमा २.५ मिटर र २५ सयदेखि ३५ सय जनासम्मको चाप भए ३ मिटर चौडाइको फुटपाथ बनाउनुपर्ने व्यवस्था छ। सडकमा ह्विलचियर अट्ने गरी १ दशमलव ५ मिटर चौडाइ भएको फुटपाथ निर्माण गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
तर जतिनै सडकपेटि फराकिलो बनाइएपनि समस्या उस्तै छ। सडकको छेउछाउ पार्किङ गरेर सामान्य हिँडडुलसम्म गर्न नसकिने बनाइएको छ। प्रहरी प्रशासनले बेलाबेलमा फुटपाथमा पैदलयात्रीको आवागमनमा असुविधा हुने गरी राखिएका फुटपाथ पसल र पार्किङलाई त हटाउँछ तर शक्ति र आडकै भरमा पनि कब्जा गर्छ भन्ने कुरा महानगरीय प्रहरी प्रभात सानेठिमी भक्तपुर,वडा नं २मा प्रहरीले प्रष्ट बनाएको छ।
अगाडी भिडभाड हुने ठाँउमा प्रहरीले सर्वसाधरणका लागि थप सहज बनाइदिनु पर्ने हो तर सानेठिमीमा भने उल्टै कब्जा जमाएको छ। करिव १३ फिटे फुटपाथमा प्रहरीले जस्तापाता लगाएर कब्जा जमाएको हाे।
अगाडी बसस्टप छ। नजिकै जनक शिक्षा कार्यलय र बिभिन्न विद्यालयहरु छन्। अनि यही सार्वजनिक यातायातमा सवार गर्न यात्रुको भिड अधिक हुन्छ तर प्रहरीलाई प्रभाह नै छैन्। प्रहरीले यतिसम्म गरेको छ कि उनीहरुले फुटपाथमा हिड्नेलाई नि रोक लगाएका छन्।
साँझको समयमा सवारी गुड्ने र मान्छे हिड्ने बाटोमा पसलहरु राख्ने हुँदा पैदल यात्रुलाई गाह्रो र ट्राफिक जाम पनि बढेको छ। तर थप समस्या प्रहरीले नै फुटपाथलाई अतिक्रमण गर्दा थप समस्या निम्तेको स्थानिय निरज बाडे बताउँछन्। 'बेलाबखतमा नगरपालिकले फुटपातका व्यापारीहरुको सामान जफत गरिदिन्छ अनि पार्किङमा राखेको बाइक पनि भ्यानमा हालेर लान्छन्।' उनी सुनाउँछन् 'तर फुटपाथ नै कब्जा गरेर बसेको प्रहरीलाई चाहिँ नगरले केहि भन्न सक्दैन्।'
उनी यसअघि सडक विस्तार गर्दा विकल्पका लागि नगरपालिका सडक विभाग, ट्राफिक प्रहरी, सुरक्षाकर्मी लगायतसँग छलफल समेत गरेको बताउँछन्। तर फुटपाथमा प्रहरीले गरेको कब्जा पुर्णरुपमा हटाउने र त्यस्तालाई व्यवस्थित गर्न नसकेको गुनासाे गर्छन्।
'यो एउटा शैक्षिक क्षेत्र हो। यहाँ दिनँहु हजारभन्दा विद्यार्थी ओहदोहोर गर्छन्। उनीहरुलाई प्रहरीले नै बेलाबेलमा जथाभावि ठाँउबाट नहिँड्न सचेता दिन्छन् तर सचेतना मात्रै दिएर के गर्नु हिँड्ने बाटोमा त पूर्ण रुपमा प्रहरीको कब्जा छ।' उनी भन्छन्।
अहिले यहि समस्याले सवारी व्यवस्थापनमा अस्तव्यस्तता बनाएको उनी बताउँछन्। 'सडकपेटी पनि आफ्नै हो भन्ठानेर होला ढुक्कले सडक नै अतिक्रमणले दुर्घटनाको जोखिम बढाएपनि सडक अतिक्रमण गर्ने प्रहरीहरुलाई भने लाजै नमानी सडक अवरोध गर्न हुँदैन भन्ने थाहा छैन जस्तो छ।' उनी भन्छन् 'कानुन सबैलाई बराबर हो तर कानुनकै पालन गर्न सिकाउनेबाट कानुन कै पालना गरेर भनेर चाहिँ कसलाई उजुरी गर्न जाने?'
त्यसो त फुटपाथ तथा सडकमा सवारी–साधन तथा पसललगायतका अन्य सामग्री राखेर आवागमन रोक्नेलाई १५ हजारसम्म जरिवाना गर्ने व्यवस्था स्थानीय स्वायत्त शासन ऐन २०५५ ले गरेको छ।
तर, यस्ता ऐनको बेवास्ता गर्दै नियम मिच्ने र नियम मिचेकोमा पश्चाताप गर्नुको साटो उल्टै पौठाजोरी खेल्नेहरु पनि यही सहरमा प्रहरीको भेष भित्रै छन् भन्ने कुरा यही कुराले प्रष्ट बनाएकाे छ।