साईं बाबाको जन्मलाई लिएर विवाद, शिर्डीमा आजदेखि अनिश्चितकालीन हडताल

शिर्डीको नजिकै रहेको २५ गाउँ आन्दोलनमा समावेश छ। साईं बाबा र उनको आमाबुवाको विषयमा यसअघि पनि थुप्रै गलत भनाई सम्प्रेषण भएको भन्दै उनीहरूले आपत्ति जनाए। मुख्यमन्त्रीले आफ्नो बयान फिर्ता नलिएसम्म आन्दोलन जारी रहने पनि स्पष्ट पारिएको छ। 

भारत महाराष्ट्रका मुख्यमन्त्री उद्दव ठाकरेले साईं बाबाको जन्म पाथरीमा भएको बताएपछि असन्तुष्ट शिर्डीका जनताले आइतबारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। 

शिर्डीको बजार बन्द भएपनि साईं बाबाका भक्तले अफ्ठेरोस्थिति महसुस गर्नुपर्ने छैन। किनभने साईं बाबाको मन्दिर तथा मन्दिरको ट्रस्टसँग जोडिएको साईं आश्रम खुल्ला रहने छ। साईं मन्दिरका मुख्य कार्यकारी अधिकारी दीपक मुगलिकरले बन्दमा मन्दिर ट्रस्ट समावेश नहुने बताए। 

‘दर्शनका लागि आउने श्रद्धालुलाई कुनै किसिमको समस्या हुने छैन,’ उनले भने। प्रशासनले नासिकबाट ठूलो संख्यामा प्रहरी बल शिर्डी पठाएको छ। 

शिर्डीको नजिकै रहेको २५ गाउँ आन्दोलनमा समावेश छ। साईं बाबा र उनको आमाबुवाको विषयमा यसअघि पनि थुप्रै गलत भनाई सम्प्रेषण भएको भन्दै उनीहरूले आपत्ति जनाए। मुख्यमन्त्रीले आफ्नो बयान फिर्ता नलिएसम्म आन्दोलन जारी रहने पनि स्पष्ट पारिएको छ। 

उद्दवले पाथरीको विकाशका लागि १ सय करोड रुपैयाँ दिने घोषणा गरेका थिए। परभणी जिल्लामा पर्ने पाथरी शिर्डीभन्दा लगभग २७६ किलोमिटर टाढा छ। 

प्रकाशित मिति: : 2020-01-19 22:39:28

प्रतिकृया दिनुहोस्