विमानस्थलमा भएको यस्तो हो- आस्था राउत (भीडियोसहित)

प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका आस्था राउतको विमानस्थलको सिसिटिभी फुटेज सार्वजनिक भएको के भएको हो भन्नेबारे स्पष्ट पारेकी छन्।

 शुक्रबार फेसबुक लाइभमा आउँदै गायिका राउतले महिला प्रहरीले दुर्व्यवहार गरेपछि आफ्नो मनोबल घटेको र मन दुखेको  भन्दै  आफूले कुनै दम्भ नदेखाएको र नडराएको बताइन्।

राम्रो काम गरेर हिँडेको मान्छेले कहिले दम्भ नदेखाउने बताउँदै गायिका राउतले भनिन्, ‘अत्याचार भएर बोल्दा उल्टै म नराम्रो भएँ । फ्यानहरुलाई आग्रह मेरो लागि पनि बोलिदिनुस् ।’

‘भिडियो गर्नेबेला आफूले संयमितता अपनाउनुपर्थ्यो । तर, उजुरी त गर्थें गर्थें,’ गायिका राउतले भनेकी छन्, ‘मैले संयमित भएर बोल्न सकिन । त्यसको लागि माफी चाहन्छु।’

यो पनि हेर्नुहोस्-

यस्तो छ गायिका आस्था राउत र प्रहरीबीच विमानस्थलमा भएको विवाद (भिडियो)

कसैको पनि मनोबल गिराउने उद्देश्य नरहेको गायिका राउतले दावी गरेकी छन् । ‘राम्रो कामको तपाईहरुले माया दिएको भए मैले पनि माया दिन्थे,’ राउतले फेसबुक लाइभमार्फत भनेकी छन् ।

देखेको भरमा मलाई अनावश्यक गाली नगर्न आस्थाले आग्रह पनि गरेकी छन् । उनले भनिन्, ‘२, ४ शब्द गल्ती बोलेँ, त्यसको लागि क्षमा चाहन्छु । दुई हात जोडेर माफी माग्छु ।’

विमानस्थलमा कार्यरत महिला प्रहरीले आफूलाई गन्धी पाराले बोलेको बताउँदै गायिका राउतले भनिन्, ‘जसले भोग्छ त्यो मान्छेलाई मात्र थाहा हुन्छ । कोही कसैले पनि मैले जस्तो भोग्न नपरोस् ।’

हेर्नुहोस् के भनिन् भिडियोमा

प्रकाशित मिति: : 2020-01-18 08:23:43

प्रतिकृया दिनुहोस्