'बेटी पढाउ,बेटी बचाउ' अभियानको ब्रान्ड एम्वेस्टर तथा कलाकार पुष्पा पाण्डेको निधन

प्रदेश २ सरकारले संचालन गरेको 'बेटी पढाउ,बेटी बचाउ' अभियानको ब्रान्ड एम्वेस्टर तथा फिल्म कलाकार पुष्पा पाण्डेको असमायिक निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित पाण्डेको जनकपुरस्थित बिनयतारा फाउन्डेसन क्यान्सर सेन्टरमा उपचारको क्रममा बिहिबार निधन भएको हो। 

पाण्डेलाई विगत पन्ध्र दिनदेखि क्यान्सर सेन्टरमा भर्ना गरि उपचार गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको पारिवारजनले बताएका छन्। संघिय समाजवादी पार्टीको भात्रृ संगठन समाजवादी महिला संघ वीरगञ्ज महानगरपालिकाको नगर कमिटीको अध्यक्ष पदमा रहेर समाजिक क्षेत्रमा समेत योगदान पुर्याउदै आएकी पाण्डे फिल्म क्षेत्रमा पनि सकृय थिइन्।

उनको निधन प्रती समाजवादी पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै गहिरो सम्वेदना प्रकट गरेको छ। समाजवादी पार्टी पर्साका अध्यक्ष राम नरेशप्रसाद यादवले जारी गरेका प्रेस विज्ञप्तिमा उनको असामायिक निधनले मर्मा्हित भएको उल्लेख गरिएको छ। 'उहाँको निधनले पार्टीलाई अपुर्णिय क्षति भएको छ।' विज्ञप्तिमा भनिएको छ 'मृतकको आत्माको चिरशान्तीको कामना गर्दै परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्दछौं।'

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका नगवा १६ घर भएकी पाण्डे अभिनय तथा कला क्षेत्रमा निकै नै चर्चित स्थानीय कलाकार थिइन्। बिगत २० बर्षदेखी सकृय रहेकि फिल्म क्षेत्रमा उनले नेपाल तथा भारतको भोजपुरी फिल्म क्षेत्रमा दर्जनौ नेपाली, मैथिली तथा भोजपुरी फिल्म अभिनय गरि सकेकी छिन्। 

यता उनको निधन कै दिन प्रदेश सरकारले चलाएको 'बेटी पढाउ, बेटी बचाउ' अभियान अन्तरगत छोरी शिक्षा विमा सप्ताहव्यापी शिविरको शुभारम्भ भएको छ।
 

प्रकाशित मिति: : 2020-01-17 05:07:42

प्रतिकृया दिनुहोस्