वीरगञ्जको नारायणी अस्पताल अहिले भर्ना भएका बिरामी भन्दा तिनका आफन्तजनले भरी भराउ हुन थालेको छ। अस्पताल भित्र बिरामी भन्दा उनीहरुको आफन्तकाे चाप धेरै हुँदा थामिनसक्नु भीड र चारैतिर सहि नसक्नु दुर्गन्ध फैलिएको छ। अस्पतालको प्रसुति गृहको नयाँ भवन ३ तल्ले छ। जसमा पहिलो तल्लामा गाईनो वार्ड, दोस्रो तल्लामा सर्जिकल वार्ड तथा तेस्रो तल्लामा बालबालिकाकाे वार्ड रहेको छ। गाईनो वार्डमा सर्वाधिक भीड हुने गरेकाे छ।
अधिक भीड हुने स्थान मध्ये अस्पतालको बिरामी हिड्ने बरन्डा हो। उक्त बरन्डा व्यबस्थापनको कमीले गर्दा अहिले कुरुवाहरूको सामानले भरीभराउ छ। कतै खाना पकाएर खादैछन् भने कतै भुई मै ओछयान बनाएर सुतेका छन्। कुरुवाहरूको भीडभाड, होहल्ला र सङ्क्रमणको कारण पनि बिरामी झन् बिरामी भइरहेका छन्। आफूसँगै स–साना बालबालिका लिएर आउदाँ चिसोको समयमा कुरुवालाई खान र बस्नको लागि कठिन पर्छ।
गाउँघरमा राम्रो उपचार नपाएपछि बिशेष पर्साको ग्रामिण भेग तथा छिमेकि जिल्ला बारा रौतहट सर्लाहि लगायत सिमापारीका बिरामी नारायणी अस्पतालमा उपचारका लागी आउने गर्छन्। कतिपयले आर्थिक अवस्था कमजोर भएको भन्दै बाहिर होटेलमा खान नपरोस् भनी भाडा बर्तन, ग्यास चुलोसहिता अस्पतालमा लिएर आउछन्। यता अस्पतालले ठाउँठाउँमा डस्टबिन राखिदिएको छ तर बिरामी र कुरुभने त्यसमा फोहर नराखेर जथाभावी फ्यालिदिने गरेका छन्। पानी थाप्ने धारो नजिक फाहोर र जुठोले भरीएको छ। अस्पतालका सरसफाई कर्मचारी भन्छन्–'कुरुवाहरुले डस्टबिनमा फोहोर तथा जुठो खानेकुरा नराखिदिँदा सफाई गर्दागर्दै हामी आजित भएका छाैं। उनीहरुलाई सम्झाउदा टेर्दैनन्।'
मानिसको चाप बढेपछि अस्पतालको शौचालय समेत दुर्गन्धित भएको छ। प्रशुति गृह तर्फको वार्डमा शौचालय र भर्ना भएका बिरामीका कोठासँगै भएकाले त्यहाँको दुर्गन्धले झन संक्रमण फैलिने अवस्था छ। बाहिरी मान्छे तथा भर्ना भएका बिरामीका लागी अलग शौचालयमा जाने व्यवस्था नहुदाँ दिनभरी सफाई गर्नुपर्ने अवस्था देखिन्छ।
यता अस्पतालको नियम अनुसार १ जना बिरामीको साथमा १ जना मात्र कुरुवा बस्ने प्रावधान छ। तर दिनहुँ एक जना बिरामीलाई भेट्न ५ देखी १० जनासम्म आफन्तजन भेट्न आउने र साथमा २ देखी कम्तिमा ५ जनासम्म अस्पतालमा बस्ने गरेको प्रशासनले विभागले जनाएको छ। हाल नयाँ जिम्मेवारी सम्हालेका मेसु डा. मदन उपाध्यायले अनावस्यक मानिसको चाप कम होस् तथा सुरक्षार्थ सुरक्षा गार्ड बढाएका छन्।
गाईनो वार्डमा रहेकी चौकिदार अम्बिका शिवा भन्छिन्–'बिरामीका कुरुवाले गर्दा हामी हैरान छौं। चेकजाँच तथा सरसफाईको समयमा पनि भर्ना भएका बिरामीलाई छोडेर कुरुवाहरु बाहिर जान चाहदैनन्।' अनावश्यक एकभन्दा अधिक कुरुवालाई रोक्दारोक्दै हैरान भइन्छ। 'भित्र जान नपाएपछि उनीहरू हामी कुरुवा हौं भन्दै झगडा गर्न आउछन्।' उनी भन्छिन्
कतिपयले त पार्टिगत धाकधम्की लगाएर जागिर खाइदिने डर देखाउछन्। बिरामीको बेडमै ४ देखी ५ जना कुरुवा आसपासमा झुम्मिरहेका हुन्छन्। वार्डमा खटिएकि नर्सहरुले रोगीको साथमा नबसिदिनु भनेर सम्झाउदा उल्टै झगडा गर्न आउने अवस्था रहेको उनी बताउँछिन्।
अस्पताल हामी सम्पुर्णको साझा सम्पति भएकाले यसको सफाई प्रति ध्यान दिनु हाम्रो कर्तव्य पनि हो। स्वास्थ्य शिक्षाको ज्ञान नभएकाले पनि विपन्न परिवारबाट आएका बिरामीका कुरुवाहरु अज्ञानताको कारण दुर्गन्ध फैलाईरहेको हुन्छन्। यदि उनीहरुलाई यि सम्पुर्ण समस्याले आफ्नै बिरामी झन रोगी हुँदै जान्छ भन्ने ज्ञान भए सरसफाइमा ध्यान दिन्थे तथा भर्ना भएका बिरामीको साथमा आवश्यक्ता अनुसार कुरुवा बस्थे। यसतर्फ जनचेतनाको खाँचो भएकाले स्वास्थ्य मन्त्रालय लगायत अस्पताल प्रशासनले सचेतना मुलक कार्यक्रम गरी यस तर्फ ध्यान दिनु आवस्यक देखिन्छ।
दाताले दिएको रकम कर्मचारीको लापरवाहिका कारण धराशायी बन्दै
केही वर्षदेखि नारायणी अस्पतालमा बिरामीको सङ्ख्या घट्दो छ। निजी क्लिनिकमा भने बढ्दो छ। नारायणी अस्पतालमा काम गर्ने चिकित्सकहरूको निजी क्लिनिक भएकाले अस्पतालमा आउने बिरामीलाई ‘यहाँ सिट छैन, फलानो डाक्टरकहाँ जानुस् भन्दै आफ्नो वा आपूmले कमिशन पाउने स्वास्थ्य संस्थामा बिरामीहरूलाई पठाउने गरिन्छ। अस्पतालका कर्मचारीहरूको पनि एकापसमा सहयोगी भावना वा निर्देशन पालकको रूपमा छैनन्। उनीहरू एकले अर्कोको खोइरो खन्नमा अधिकांश समय व्यतीत गर्छन्। एउटा समूहको कर्मचारीले सुधार्न खोज्यो भने अर्को समूहका कर्मचारीले त्यसलाई बिगार्न खोज्छ। यसको प्रत्यक्ष मारमा बिरामी परेका हुन्छन्। यस्तो प्रवृत्तिले अस्पतालको छवि धूमिल भइरहेको छ।
अस्पतालको वर्तमान अध्यक्षका अनुसार पहिला चिकित्सकहरू ओपिडीमा शौचालय नभएकोले जाँच गर्न धेरैबेर बस्न सक्दैनौं। हाल ओपिडीमा शौचालय बनाइएको छ। तर पनि आफ्नो ड्युटी समयमा चिकित्सकहरू बस्दैनन्। अस्पतालमा अख्तियारदेखि केन्द्रबाट टोली धेरैपटक छड्केमा आइसकेको अस्पतालका एक कर्मचारी बताउँछन्। ड्युटी नगरेको भनेर टोलीले कर्मचारी तथा चिकित्सकलाई चेतावनी पनि दिएको छ। तर पनि चिकित्सकहरू अझै पूरा समय ड्युटीमा बस्दैनन्। 'नारायणी अस्पतालमा काम गर्ने प्रायः सबै चिकित्सकको निजी अस्पताल र क्लिनिकतर्पm बढ्दो लगावको कारण सरकारी अस्पताल त बिरामी सम्पर्कस्थल मात्र बनेको छ।' उनी भन्छन्।
वीरगञ्जको नारायणी अस्पताल काठमाडौंपछि मोफसलको पहिलो सरकारी अस्पताल हो। चार कोठे ओपिडी सेवा भवनबाट शुरू भएको नारायणी अस्पताल विसं २०१८ सालमा ५० शैया स्थापना भएको इतिहास छ। २०४२ सालमा उद्योग वाणिज्य सङ्घले चन्दा उठाएर प्रसूतिगृह बनाएको हो। तत्कालीन नगरप्रमुख माधवलाल श्रेष्ठ र काशीकान्त झाको प्रयासले नगरपालिकाबाट ३५ लाख रुपैयाँ सहयोग लिई १५० शैया सेवा सञ्चालनमा आएको हो। पछि नेपाल सरकारको सहयोगले २ सय शैयासम्म पुगेको हो। नेपाल सरकारबाट हालसम्म भौतिक पूर्वाधारको लागि कहिल्यै सहयोग नपाएकोले भौतिक पूर्वाधारहरू वीरगञ्जका स्थानीय दाताहरूको सहयोगमा निर्माण हुँदै आएको जानकारहरू बताउँछन्।
दाताले आफ्नो रगतपसिनाले दान धर्म गरी अगाडि बढाएको नारायणी अस्पतालको स्थिति पछिल्लो समय दिन प्रतिदिन बिग्दै गएको छ।
वीरगंजको नारायणी अस्पताल काठमाडौंपछि मोफसलको पहिलो सरकारी अस्पताल हो। चार कोठे ओपिडी सेवा भवनबाट शुरू भएको नारायणी अस्पताल विसं २०१८ सालमा ५० शैया स्थापना भएको इतिहास छ। २०४२ सालमा उद्योग वाणिज्य सङ्घले चन्दा उठाएर प्रसूतिगृह बनाइदियो। तत्कालीन नगरप्रमुख माधवलाल श्रेष्ठ र काशीकान्त झाको प्रयासले नगरपालिकाबाट ३५ लाख रुपैया सहयोग लिई १५० शैया सेवा सञ्चालनमा आएको हो। पछि नेपाल सरकारको सहयोगले २ सय शैयासम्म पुगेको हो। नेपाल सरकारबाट हालसम्म भौतिक पूर्वाधारको लागि कहिल्यै सहयोग नपाएकोले भौतिक पूर्वाधारहरू वीरगंजका स्थानीय दाताहरूको सहयोगमा निर्माण हुदै आएको जानकारहरू बताउँछन्।
दाताले आफ्नो रगतपसिनाले दान धर्म गरी अगाडि बढाएको नारायणी अस्पतालको स्थिति पछिल्लो समय दिन प्रतिदिन बिर्गदै गएको छ।
यसको मुख्य कारण राजनीति रहेको दाता परिवारका सदस्यहरू बताउँछन्। यहाँका चिकित्सकहरू पार्टीगत भएको आरोप पनि लाग्दै आएको छ। 'जुन पार्टीको बिरामी आयो त्यसलाई प्राथमिकता दिने मानसिकता छ। नमान्ने पनि कसरी सबैलाई समान व्यवहार गर्न खोज्ने चिकित्सकहरूलाई दलका नेताहरूले फोन गरेर मेरो पार्टीको मान्छेलाई प्राथमिकता दिएर हेर्नु नत्र ठीक हुदैन भन्छन्। अस्पतालमा राजनीति बढी भएकोले यसको स्तर घट्दै गइरहेको छ। अस्पतालमा दरबन्दी रहेका कर्मचारीहरू यहाँ आउन डराउछन्। नारायणीमा आउनुभन्दा उनीहरू अन्तै काज मिलाएर जाने गर्छन्।' एक कर्माचारी बताउँछन्।
नारायणी अस्पतालमा अहिले कर्मचारीको अभाव छ। नेपाल सरकारको मापदण्ड अनुसार दुई सय शैंयाको अस्पतालमा सय जना नर्सको दरबन्दी हुनुपर्छ । नारायणीमा ३ सय शैया छ, जसमा ११ जना नर्स मात्र छन्। जसले गर्दा बिरामीहरूले पाउनुपर्ने सेवा राम्रो पाउन सकेका छैनन्।