अश्लील शब्द र छाड़ा तस्वीरका कारण महिलाहरू यसअघि शिर निहुर्याएर यात्रा गर्न बाध्य थिए।
‘दिलभित्र केटी र झुलभित्र लामखुट्टे पसेपछि सुत्नै गाह्रो’, ‘बेटी बचाओ बेटी पढाओ’, ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’, ‘आमाको बचन काट्नु हुदैंन, बुबालाई कहिले ढाट्नु हुदैंन,जन्मदिने आमा बुबा पन्छाएर, श्रीमतीको गाला चाट्नु हुदैंन’, ‘आफु पनि बचौ, अरुलाई पनि बचाउ’
नेपाली सडकमा गुड्ने सवारी साधन प्राय: यस्ता ट्रक साहित्यले भरिभराउ हुन्छन्। माथि उल्लेख गरिएका रचना समय र परिस्थितीका कारण कुनै ठाउँमा सान्दर्भिक बन्न सक्लान त कति ठाउँमा यसले अश्लिलतालाई सम्बाेधन पनि गर्न सक्ला। त्यसैले ट्रक साहित्यले हाँसो मजाकलाई मात्र प्रतिनिधित्व गर्दैन, कति ठाउँमा यसकाे सान्दार्भिकता र सन्देश पनि स्पष्ट हुने गरेकाे छ।
ट्रक साहित्यले यात्रुलाई मनोरञ्जन त पक्कै दिने गरेकाे छ तर कतिपय ठाउँमा महिलाहरुले लज्वाबाेधकाे अनुभव गर्नु परेकाे छ। साहित्य सजिलै सिर्जना गर्ने विषय होइन। त्यसैले यसकाे भाव र अर्थ पनि फरक प्रसंगमा फरक रुपले प्रस्तुत हुने गरेकाे छ। ट्रक साहित्यमा भेटिने केही शब्दले विशेषत महिलालाई लाजकाे सामना गर्नु परेकाे छ। सार्वजनिक स्थानमा महिलालाई असहज हुने शब्दकै कारण केही वर्षअघि महिला अधिकारकर्मीले ट्रक साहित्यलाई रोक लगाउन माग गरेका थिए।
महिला अधिकारकर्मीकाे मागलाई त्यति बेलाकाे सरकारले खासै वास्ता गरेको थिएन। तर, अहिले आएर सरकार केही कडा बनेकाे छ। सरकारले नेपालमा धेरै दुर्घटना हुने कारण सवारी साधनमा लेखिने यस्ता शायरी, गीत र गजललाई देखाएकाे छ। र यसलाई राेक लगाउन निर्दैशन दिएकाे छ। साथै उसले सवारी साधनभित्र बज्ने संगीत पनि दुर्घटनाको अर्को कारण भएकाे बताएपछि यसलाई लिएर बहस सुरु भएको छ।
यस बिषयमा धेरैको आ–आफ्नै बुझाई छ। तर, महिला दिदीबहिनीलाई भने यसले फाइदा नै पुग्ने निश्चित छ। अश्लील शब्द र छाड़ा तस्वीरका कारण महिलाहरू यसअघि शिर निहुर्याएर यात्रा गर्न बाध्य थिए।
हाम्रो जस्तो बिकासोन्मुख देशमा सार्वजनिक सवारी साधनमा संगीत बजायो, शायरी र गीत लेखेकै आधारमा बढी दुर्घटना भयाे भन्नु त्यति सान्दार्भिक देखिदैन। किनभने हाम्रो देशको भौगोलिक बनावट अन्य देशभन्दा फरक छ। हुन त बसभित्र गीतसंगीत नबजेको राम्रो मान्नु पर्दछ। तर. यो भनिरहँदा लामो दुरीका चालकहरुकाे हकमा केही अन्याय हाेला कि? रात्रिकालीन यातायातमा लामाे दुरी तय गर्दा चालकलाई बोर लाग्ने र निन्द्रा आउने गर्छ। यसलाई छल्न उनीहरुले गीतसंगीतकाे सहारा लिएका हुन्छन्।
बाग्लुङदेखि बर्दियासम्म लामो दुरीकाे यातायात करिव १२ वर्षदेखि गुडाइरहेका बिमल श्रेष्ठ रात्रिकालीन बसमा गीतसंगीत बजाउने कुराको वकालत गर्छन। अझ उनी मनोरञ्जनका लागि टिभी, वाइफाई भएकाे प्रचार गर्नुपर्ने र चालक पनि पालैपालो राख्नु पर्ने आवश्यकता ओलाउँछन्।
भन्छन्, ‘दुर्घटना गीतसंगीत बजाएर मात्र भएको होइन। नेपालमा साँघुरिएको एक लेन बाटो छ र यसको पनि मर्मत सम्भार भएको छैन। वास्तवमा दुर्घटनाको मुल कारण नै यही छ।’
नेपालको तुलनामा बिदेशका बाटा चौड़ा हुने, पैदल हिड्ने र सवारी गुड़ने बाटो फरक–फरक हुनेगर्छ। जसका कारण बिदेशमा दुर्घटनाको जोखिम न्युन हुन्छ। १० वर्षदेखि अस्ट्रेलिया बस्ने मेरो साथी सन्तोष पाठक, जो नियमित सवारी चलाउने गर्छ। उसले अस्ट्रेलियामा दुर्घटना हुने भनेको नै चालकले मादक पदार्थ सेवन, तिब्र गतिमा सवारी चलाउनु, ओभर टेक गर्नु, चालकको लापरबाही, बाटो र नियमको अज्ञानताले हुने गरेको बताउँछ।
हाम्रो देशमा सडक दुर्घटना मानवीय कारण, सडकको भौतिक संरचना, यान्त्रिक कारण, ख़राब मौसम र ट्राफिक अनुगमनमा सरकारी तह फितलो हुँदा हुने गरेकाे छ। ट्राफिक प्रहरीकाे भनाई अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई नै मान्नु पर्ने हुन्छ।
दुर्घटनाका कारण चालकको लापरबाही ६७ प्रतिशत, यात्रुको गल्ती ४ प्रतिशत, ओभरटेक ४ प्रतिशत, तीव्र गति १५ प्रतिशत, यान्त्रिक गडबडी ४ प्रतिशत र अन्य ६ प्रतिशत रहेको छ। अहिले सवारी साधनभित्र बज्ने संगीत र साहित्य सिर्जनालाई समेत दुर्घटना निम्त्याउने तत्व हो भनेर हेरिनु मनोवादी तर्कमात्र हो।
ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७५–७६ मा सडक दुर्घटनामा परेर २ हजार ७ सय ८९ जनाले ज्यान गुमाएका थिए। यो अझै भयावह हुँदै अघि बढेको छ। सरकारले दुर्घटना राेक्न नयाँ नयाँ सडक निर्माणभन्दा पनि भइरहेका सडकको स्तरोन्नति, विस्तार तथा मर्मत–सम्भारमा बढी ध्यान दिनुपर्ने देखिन्छ। सडकको स्तरोन्नतिकाे काम बर्षाको समयमा गर्नु र असार मसान्तसम्म बजेट सक्नु पर्ने बाध्यताका बीच पनि दुर्घटना निम्तिएकाे छ।
सार्वजनिक यातायातलाई सरल, सुलभ र भरपर्दो बनाउन अनिवार्य छ। सार्वजनिक साधनको पनि मर्मत सम्भार आवश्यक छ।विदेश तिर गुडने सार्वजनिक साधनमा नियमित चेकजाँच र दक्ष चालक हुनु पर्ने नियम छ। मादक पदार्थ सेवन गरेर चलाउन पाइदैन् र बाटोमा समेत ट्राफिक लाइट, रोड सिग्नल बोर्ड, क्रसिंङ लाइन सबैले देख्ने गरि राखिएको हुन्छ। जसले गर्दा दुर्घटना कम हुने गर्दछ।
दुबईमा ड्राइभिङ गरेका अनुज ढकाललाई लाइसेन्स निकाल्न २ बर्ष लागेको थियाे। उनी दुबईमा लाइसेन्स निकालन सहज नभएकाे बताउँछन्। यहाँ लिखित र प्राक्टिकलमा पास भएमात्र लाइसेन्स दिने चलन छ। नियम कानून समेत कड़ा छ।
दुबईकाे तुलनामा नेपालमा भने पहुँच र पैसाको भरमा अनपढ़, अदक्षले लाइसेन्स प्राप्त गर्छन्। जसका कारण दुर्घटनाकाे जहिले डर हुने गरेकाे छ। नेपालमा दुर्घटना कम गर्न सवारीको नियमित चेकजाँच, क्षमताभन्दा बढी यात्रु सवारी साधनमा चढाउन रोक, बाटो फराकिलो, बाटोमा सिग्नल बोर्ड, चालक, सह–चालकलाई समय समयमा ट्राफिक नियमको ज्ञान, नियम उल्लंघन गर्दा बढी मात्रामा करको दायरा बढाउने,बिग्रेका र कुचिएका सवारी प्रयोग गर्न नदिने, मादक पदार्थ, लागु औषध सेवन गरि सवारी नचलाउन आग्रह गर्न सकिएकाे खण्डमा दुर्घटनामा कमि ल्याउन सकिन्छ।
Kati durghatna hunu ma road ko ramro bewastha nabhayera pani hunxa tyo afno thow ma xa tara Kati tapai le bhane ko jastai bhayera nai ho