गढीमाईमा दर्शनार्थीको भिड

हजारौको संख्यामा बोकाको बली

फाइल तस्बिर

गढीमाई मन्दिरमा माघे संक्रान्तिको अवसरमा बलि चढाउने तथा दर्शन गर्ने दर्शनार्थीहरुको भिड बढेको छ।

गत मंसिरमा लगेको पञ्चबर्षिय मेलामा दर्शन गर्न र भाकल गरेको बलि चढाउन छुटेका श्रद्धालुहरुलगायत भारतदेखि हजारोको संख्यामा दर्शनार्थीहरु आज दर्शन गर्न पुगेका छन्।

माघीका दिन बलि व्रहम स्थानमा नभई मंन्दिरका मुल पुजारी मंगल चौधरीको घरमा चढाइदैछ। गत मंसिरको १७ र १८ गते गढिमाईको मुख्य बलिमा १० हजार भन्दा बढी राँगा र २५ हजार भन्दा बढी बोकाको बलि चढाइएको थियो भने आजका दिन पनि हजारौको संख्यामा बोकाको बली दिरहेका छन्।

बलि चढाउनेको भिड अधिक भएका कारण कतिपय श्रद्धालुहरु पुजारीको घरमा नगई पसाहा नदि देखि मन्दिर सम्मको सिमानमा नै बोकाको बलि दिइरहेको व्यवस्थापन समितिले जनाएको छ।

माघे संक्रान्तिमा बोकाको बली चढाउने दिन नसकेपछि फागु पूर्णिमा बली दिइने र यस बर्षको बलि कार्य समाप्त हुने पुजारी मंगल चौधरीले बताए। मन्दिरमा भव्य मेला लागेका कारण दर्शनार्थीको भिडले पर्सा वीरगंजलगायत बाराको सदरमुकाम कलैयामा सवारी साधनको चाप बढेको छ । 

प्रकाशित मिति: : 2020-01-15 22:27:55

प्रतिकृया दिनुहोस्